शनिबार, अशोज १३, २०८०

कृत्रिम गर्भाधान सेवा बन्द हुँदा पशुपालक कृषक मर्कामा

कञ्चनपुर, १२ असार । उन्नत नश्लका पशु उत्पादनका लागि कञ्चनपुरमा सञ्चालित कृत्रिम गर्भाधान सेवा तीनदेखि बन्द रहेको छ । पशु स्वास्थ्यकर्मी र पशु चिकित्सा परिषद्बीच भएको सहमति कार्यान्वय नगरिएको भन्दै जिल्लाका कृत्रिम गर्भाधान सेवामा संलग्न प्राविधिकहरू सङ्घर्षमा उत्रिएपछि सेवा ठप्प भएको हो । जिल्लाका १४ स्थानमा रहेका कृत्रिम गर्भाधान सेवा केन्द्रका प्राविधिकहरू कृत्रिम गर्भाधान गर्ने उपकरण (एआई रेफ्री) पशुसेवा कार्यालय महेन्द्रनगरमा बुझाएर आन्दोलनमा उत्रिएपछि सेवा ठप्प भएको नेपाल पाराभेटिरिनरी एन्ड लाइभस्टक एसोसियसन कञ्चनपुरका अध्यक्ष रामप्रसाद भट्टले बताउनुभयो । कृत्रिम गर्भाधान सेवासँगै पशु स्वास्थ्य सेवासमेत बन्द भएपछि पशुपालक कृषक मर्कामा परेका छन् । पशुसेवा केन्द्र खोलिए पनि प्राविधिक नहँुदा सेवा पाउन नसकिएको पिपलाडी पशुसेवा केन्द्रमा गोबर जाँचका लागि पुगेका स्थानीय रमेश पन्तले बताउनुभयो । यही असार १३ गतेसम्म सेवा बन्द गर्ने सङ्घर्ष समितिको निर्णय रहेको अध्यक्ष भट्टले बताउनुभयो । पाराभेटेरिनरीलाई चिकित्सा परिषद्मा समेट्नु पर्ने र परिषद् ऐनको परिमार्जित मस्यौदामा पाराभेटेरिनरीको प्रतिनिधित्व गराइनुपर्ने उहाँले बताउनुभयो ।  -कृषि साप्ताहि

प्रकाशित मिति: बिहिबार, असार १२, २०७१