आइतवार, मंसिर २४, २०८०

खाद्यान्न भण्डारन

धुन्चे (रसुवा), ११ असार । बर्खायामसँगै पासाङल्हामु मार्गको मूलखर्क पहिरो क्षेत्रमा सडकको अवस्था कमजोर हुन थालेपछि धुन्चे तथा स्याफ्रुका व्यवसायीले खाद्यान्न भण्डारन गर्ने कार्य धमाधम अगाडि बढाएका छन् । उत्तरी रसुवाका करिब २० हजार स्थानीय बासिन्दामाझ बर्खायाममा खाद्यान्नको अभाव हुन नदिन व्यवसायीले दाल, चामल, नुन, तेलजस्ता अतिआवश्यक दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने काम तीव्र रुपले अगाडि बढाएको रसुवा उद्योग वाणिज्य सङ्घले जनाएको छ । सबै व्यवसायीको सहमतिबाट खाद्यान्न ढुवानी कार्य अगाडि बढाएको र प्रायजसो खाद्यान्न भित्रिसकेकाले उपभोक्तालाई दाल, चामलको अभाव नहुने व्यापारीले बताएका छन् । -कृषि साप्ताहिबाट

प्रकाशित मिति: बुधबार, असार ११, २०७१