काठमाडौँ, १० असार । काठमाडौँको दक्षिणकालीमा पहिलोपटक जापानी प्रविधिमा आधारित भूईं स्याउको खेती सुरु गरिएको छ । नेपालमा दुई वर्षयता मात्र खेती सुरु गरिएको भूईं स्याउ क्यान्सर, मधुमेह, रक्तचाप आदिको समस्याका लागि उपयोगी हुनाका साथै यसको पातलाई चियापत्तीका रुपमा समेत उपयोग गर्न सकिन्छ । जापानी भाषामा याकुमका रुपमा चिनिने भुईं स्याउ जमिनभित्र फल्ने र यसमा गाजर, मूला र स्याउको मिश्रित स्वाद पाइने दक्षिणकाली कृषि सेवा केन्द्रका प्रमुख रघुनाथ खड्काले जानकारी गराउनुभयो । बजारमा प्रतिकिलो रु ४०० मा बिक्री हुने भुईं स्याउको बढ्दो मागका कारण पनि यस क्षेत्रका कृषक यसतर्फ आकर्षित बन्दै गएको उहाँले बताउनुभयो । सामान्यतः चैत वैशाखको समयमा रोपेर मङ्सिर पुस महिनामा फल्ने यसको बिरुवाको प्रतिवटा मूल्य रु १०० पर्छ । जमिनभित्र फल्ने यो फल प्रतिबोटमा लगभग १० किलोको हाराहारीमा फल्दछ । उहाँका अनुसार पछिल्लो समयमा कृषिको व्यवसायीकरणतर्फ आकर्षण बढिरहेको र हाल यस क्षेत्रमा गोलभँेडा, च्याउ, किबीलगायतका खेती कृषक आकर्षित बनेका छन् । यसैबीच च्याउखेतीको व्यवसायीकरणमा सहयोग पु¥याउन दक्षिणकाली कृषि सेवा केन्द्र, शुभेच्छा नेपाल र गोपालेश्वर कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा सेती देवी, शेषनारायण, टल्कुडुडे चौर, दक्षिणकाली र छैमले गाविसबाट प्रतिनिधिमूलक रुपमा ४० जना कृषकलाई सहभागी गराइ एक महिने च्याउखेती तालिम सञ्चालन गरिएको छ । – कृषि साप्ताहिकबाट
Add Comment