बुधबार, बैशाख ५, २०८१

जाजरकोटका दर्जनभन्दा बढी गाविसमा खाद्य अभाव

जाजरकोट, ८ असार । यहा“का दर्जनभन्दा बढी गाउँ विकास समितिमा खाद्यान्न अभाव भएको छ । घरको पुरानो अन्न सकिएको, नया“ बाली नपाकेको र नेपाल खाद्य संस्थानको खाद्य डिपोमा पनि चामल नभएपछि  खाद्य सङ्कट देखापरेको हो । जिल्लाका उत्तरपूर्वी तथा पश्चिमी क्षेत्रमा पर्ने रग्दा, भगवती, सक्ला, नायकवाडा, रोकायगाउँ, पैक, गर्खाकोट, पजारु, दह, मजकोट, कोर्ताङ, दशेरा, सुवानाउली, टालेगाउँलगायत दर्जनभन्दा बढी गाविसमा खाद्य सङ्कट परेको स्थानीय बासिन्दाले बताएका छन् । यस जिल्लामा बर्सेनि १५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न अपुग हुने गरे पनि खाद्य डिपो र स्थानीय बजारमा चामल नपाइँदा स्थानीयवासीलाई समस्या पर्ने गरेको छ । नायकवाड–७ का दलबहादुर नेपालीले गाउँमा रहेको अन्न सकिएको र किन्नसमेत नपाइने भएकाले भोकै बस्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो । उहा“का अनुसार स्थानीय बासिन्दा खाद्यान्न लिन दुई दिन टाढाको खलङ्गा, चौरजहारी राडी, कालीमटीलगायतका बजारमा जान थालेका छन् । जिल्लामा बर्सेनि खाद्यान्न अभाव देखिए पनि समाधानका लागि सरोकारवाला निकायले खासै पहल गरेको देखिँदैन । नेपाल खाद्य संस्थानका खाद्य डिपोहरु ३० गाविसका लागि भन्दै चार ठाउँमा राखिएको छ । ती डिपोहरुमा अहिले एक गेडा चामल पनि छैन । चामल लिन जाने स्थानीयवासीलाई रित्तो हात फर्कर्नुपर्ने बाध्यता छ । यसैबीच नेपाल खाद्य संस्थानका वरिष्ठ अधिकृत प्रेमनारायण भण्डारीको संयोजकत्वमा गठित छानबिन समितिले जाजरकोटमा चामल ढुवानीमा अनियमितता नभएको निष्कर्È निकालेको छ । दुई सदस्यीय समितिले डिपोमा कर्मचारी नहु“दा वितरणमा केही समस्या भए पनि चामल लÔित वर्ग र स्थानमा पुगेको दाबी गरेको छ ।

प्रकाशित मिति: आइतवार, असार ८, २०७१