आइतवार, जेष्ठ १३, २०८१

खाद्य पदार्थमा विषादी मात्र होईन त्यसलाई चम्काउने औषधी प्रयोग गरेको समेत भेटेका छौं -जीवनप्रभा लामा, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

jivanprabha lama-1कालीमाटी तरकारी बजारमा दू्रत विषादी विश्लेषण प्रयोगशाला स्थापना भएको छ यसलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभगाले कसरी हेरेको छ ?
यो सम्पूर्ण उपभोक्ताका लागि खुशीको कुरा हो । यसले तरकारी जन्य उपजहरुमा विषादीको प्रयोगको विश्लेषण हुन्छ । जसले उपभोक्ताको स्वास्थलाई सम्बर्धन गर्छ भनेर विश्वास लिएका छौं । यसले के प्रष्ट पार्दछ भने हामीले प्रयास गरेको खण्डमा जस्तो सुकै काम पनि गर्न सकिदो रहेछ भन्ने सन्देश पनि यसले दिएको छ ।  अघिल्लो मुख्य सचिवको पालामा खाद्य पर्दाथमा  विषादीको समस्या छ भनेर कार्यपत्र प्रस्तुत गर्ने मौका पएको थिए । त्यसबेला तरकारीमा बिषादीको प्रयोग कसरी थाहा पाउने होला भन्ने शुरुवात पनि भएको थियो त्यसैको प्रतिफल हो यो ।
उपभोक्ताहरुले किरा लागेको नराम्रो भन्ने सोच लिएका हुन्छन् बिषादी प्रयोग भए नभएको भन्ने कसरी  थाहा पाउने त ?
एउटा भ्रम आम उपभोक्तामा छ । हामी आ“खाले हेछौ अनि आ“खाले खान्छौ । आ“खँले खाएकोले स्वास्थलाई असर गर्दैन । त्यसले अत्यन्त चिल्लो र एकदम फ्रेस देखिने तरकारीहरु सकेसम्म प्रयोग नगर्नु भन्ने हाम्रो अनुरोध छ । अझ गोलभेंडा र झुण्डिएको तरकारीमा विशेष गरी हाम्रो अध्ययनले तरकारीजन्य पदार्थमा धेरै विषादी प्रयोग भएको देखाएको छ । विषादी मात्र होईन अझ सरकारद्धारा प्रतिवन्धित विषादी पनि प्रयोग गरेको पाइएको छ । तरकारी जन्य पदार्थ पोसिलो हुन्छ, पोषण पाईन्छ भन्ने धारणा छ । त्यसैले ताजा खाना खानु पर्छ भनेर भनिराखेका पनि छौं । तर ताजा र स्वस्थ देखिने तरकारीले एकदमै असर गरिरहेको हुन्छ । खाद्य पदार्थमा विभिन्न किसिमको विषादी मात्र होईन त्यसलाई चम्काउने भनेर औषधी समेत प्रयोग भएको पाएका छौं । किसानहरुले वाल्टिनमा नै डुबाएर औषधी प्रयोग गरेका छन् त्यो म आफैले देखेको छु । किसानले बिषादी प्रयोग गरेको १५ पछाडि मात्र बजारमा लैजानु पर्दछ । त्यसो भए मात्र असर गर्दैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्य खाद्य पदार्थहरुलाई हे¥यो तर तरकारी जन्य पदार्थलाई हेरेन भन्ने गुनासो पनि छ नि त ?
होइन काम गर्दा एउटा दायराभित्र बस्नु पर्ने रहेछ । आआफ्नो दायरा हुन्छ, त्यही दायरा भित्र बसेर हामीले काम गरिरहेका छौं । उद्योेगबाट उत्पादित खाद्य पदाथ शंका लागेमा २ वटा नमूना सिडीयो कार्यालयमा पठाउने एउटालाई विश्लेशण गर्दा ठिकै हुन्छ तर, तरकारी जन्य पदार्थ त्यही समयमा विग्रिसक्छ । हामीले हेर्दै नहेरेको होइन । तरकारी प्राईमरी प्रोडक्ट भएकोले जस्ले प्राईमरी प्रोडक्ट हेर्नुहुन्छ उहँहरुले नै गर्नु पर्ने हो । यो कृषि विभागले हेर्ने भएको छ यसमा हामी खुशी व्यक्त गर्दछौं । किनकी बिषादी प्रयोगशाला विक्री थलोमा नै भयो भने मुखसम्म आई पुग्दा त्यो सुधारिएर आउछ ।
त्यसो भए तरकारीमा बिषादी रोक्न के गर्ने त ?
तथ्यांकले पनि देखाएको छ । बिषादीका कारण महिलाहरु नै बढी मारमा परेका छन् । खेतमा बिषादी प्रयोग गर्ने पनि अधिकांश महिलाहरु नै देखिएको छ  । जसले गर्दा महिला र उनीसूगै रहेको बालबालिकाको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । कडा बिषादीका कारण बिषादी प्रयोग भएको वरपर धेरै नै असर गर्दछ  । त्यसकारण यदि बिषादी प्रयोगलाई न्यूनिकरण गर्ने हो भने कृषि क्षेत्रमा कार्यरत महिलाहरुलाई बिषादी औषधी होइन विष हो यो प्रयोग गर्नु हुन्न भन्ने कुराको जनचेतना अभिबृद्धि गर्नु पर्दछ । महिलाहरु भनेको कृषि उत्पादनदेखि भान्सासम्म उनीहरुकै भूमिका रहन्छ र बढी बिषादीको मारमा पनि उनीहरु नै पर्ने गरेका छन् । एउटा महिला सचेत भईन् भने सम्पूर्ण परिवार नै सचेत हुन सक्छ ।
तर जनचेतना भएको भन्छन् ती ती सवै बालुवामा पानी हाले जस्तो भएन त ?
यो कुरा चाहि सहि भन्नु भयो । खाद्य प्रविधिको तल्लोतहसम्म पहुूच हु“दैन । तर पनि जनचेतना अभिवृद्धि महिलालाई गर्नु पर्छ भन्नेमा हामी प्रयासरत छौं । अब फिल्डमा पनि जानु पर्दछ त्यसका लागि हामी कृषिविभागस“ग मिलेर जानु पर्दछ ।
खाद्य प्रविधिले अखाद्य पदार्थ उत्पादन एवं विक्री गर्नेलाई पक्राउ गर्दछ तर प्रशासनमा पठाएपछि विभिन्न बहानामा छुट्दै आईरहेका छन् यसले काम गर्न उत्साहित बनाउला ?
ऐनले दिएको कुरा हामीले गर्ने हो । हाम्रो दायित्व हामीले पूरा गर्नेहो गरिरहेका छौं उत्साहित पनि छौं । हामी जुन गतिमा अगाडि बढिरहेका छौं त्यसैका कारण विवाद आउने गर्दछ । हामीस“ग उद्यमीबीचको वातावरण सहज पनि ह“ुदैन । तैपनि हामीले बजारमा गएर नमूना संकलन गर्दछौं विश्लेषण गछौं । प्रयोगशालामा हामीले धेरै केमिकलसूग खेल्नुपर्ने हुन्छ ।  हामीले हतियारको धारमा बसेर काम जुन गतिमा टुङ्याउ“छौं मुद्दा दायर गर्दछौं तर त्यही गतिमा फैसला हु“दैन ।  पहिलो कारण हाम्रो ऐन पनि हो । धेरै खुकुलो ऐनका कारण मुद्दा फैसला हुने समस्या हुने रहेछ । अर्को कारण भनेको प्राथमिकतामा हाम्रा मुद्दाहरु पर्दैनन् । हाम्रो गतिविधि धेरै देखिन्छ तर त्यही अनुरुप मुद्दा चल्ने हो भने हुन्थ्यो तर हुन सकिरहेको छैन त्यो स्वीकार गर्नु पर्दछ । यसका लागि कानूनमा परिवर्तन हुनु पर्दछ । हामीले त्यसका लागि सोचिरहेका छौं । एउटा नया“ कानून बनाएर सिधै अदालत जाने पैरवी गर्ने बहश गर्ने र त्यसलाई नजीरको रुपमा राख्ने । एउटालाई कार्वाही भईसकेपछि अर्कोलाई कार्वाहीगर्न सजिलो पनि पर्दछ ।
दिनप्रतिदिन अखाद्य पदार्थहरु बढ्दै गईरहेका छन्, तरकारीहरुमा पनि  बिषादी प्रयोग बढिरहेको छ न्यूनिकरण गर्ने भन्ने सरकारी संयन्त्र भनिरहेका छ  तर हुन नसक्नुको कारण के होला जस्तो लाग्दछ ?
यसलाई राज्यले प्राथमिकता नदिएको हो । सानो कुवामा भ्यागुता उफ्रिएको जस्तै छौ । हामी प्रयास चाही गर्दै र्छौ तर कुवाबाट बाहिर निस्कन चाही सक्दैनौ । पहिलो प्राथमिकता राज्यले दिनु पर्छ । विकसित मुलुकहरुमा उपभोक्तालाई जसरी प्राथमिकता दिएको छ त्यसैगरी हाम्रो मुलुकमा पनि उपभोक्तालाई प्राथमिकता दिनु पर्दछ । देशको रक्षा मान्छेले गर्दछ, मान्छेको रक्षा स्वस्थ खानाले गर्दछ भन्ने कुरा गरेर विदेशीहरुले प्राथमिकता दिन्छन् त्यही शुरु गर्नु पर्दछ जस्तो लाग्दछ ।
खाद्य प्रविधिलाई खुल्ला छोडिदिएको छ तर हात वाूधेर अगाडि बढ भनिदिएको छ त्यसले दोष जति विभागलाई परेको भन्ने कुरा के हो त ?
खाद्य प्रविधिलाई खाद्य स्वस्थता र गुणस्तरको जिम्मा दिएर एकैले केही गर्न सक्दैन । यसमा किसानदेखि बिषादी छर्ने व्यक्ति खाद्य उत्पादन गर्नेसम्मका निकायहरु जिम्मेवार हुनु पर्दछ । अखाद्य पदार्थ बेच्नेलाई ‘स्पष्ट’ कार्वाही गर्ने अधिकार विभागलाई दिनु पर्दछ । त्यसपछि मात्र अखाद्य पदार्थ विक्री वितरणमा कमी आउन सक्छ । खाद्य प्रविधिसग हातेमालो गर्ने गरी जनचेतना अभिबृद्धि गराउनु पर्दछ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, असार ८, २०७१