बिहिबार, बैशाख १३, २०८१

अशिक्षाका कारण बिषादीको प्रयोग बढ्दो

काठमाडौं, ८ असार । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि व्यवसायिक कृषिको विकास तर्फ सरकार अग्रसर रहेको कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले बताउनु भयो । विश्व वैकको सहयोगमा कृषि विकास मन्त्रालय मातहत सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाद्वारा आयोजित प्रथम राष्ट्रिय कृषि व्यवसायिकरण प्रर्दशनीको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री पराजुलीले सो कुरा बताउनु भएको हो ।
नेपाली कृषि उत्पादनलाई विदेशसम्म पु¥याउन सके मात्र मुलुक विकासको बाटो तर्फ अगाडि बढ्ने भन्दै त्यसका लागि हाल भईरहेको कृषि उत्पादनलाई तीन गुणा बढाउनु पर्ने धारणा मन्त्री पराजुलीले राख्नु भयो ।
wint manti0कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले प्याक्टले के काम गरिरहेको छ र कसरी गरिरहेका छ भन्ने कुरा यो प्रर्दशनीबाट स्पष्ट हुने बताउनु भयो । नेपाली कृषि उत्पादनमा रासायनिक बिषादीको अत्यधिक प्रयोगका कारण मानव स्वास्थ्यमा धेरै असर पु¥याएको चर्चा गर्दै बिषादी प्रयोगको न्यूनिकरण गरेर कृषि उत्पादन बढाउन सके त्यसले वातावरणसँग आम नागरिकको स्वास्थ्यलाई समेत फाईदा पुग्ने बताउनु भयो ।
कृषि उपज उत्पादनका लागि विषादीको प्रयोग विदेशमा समेत हुने उल्लेख गर्दै त्यहाँ अध्ययन गरेर खान योग्य बिषादी र मात्रा मिलाएर प्रयोग गर्ने गरेको समेत बताउनु भयो । तर, नेपालमा अशिक्षाका कारण  बिषादीको प्रयोगका बारेमा किसानहरुलाई जानकारी नभएको र औषधीका नाममा बिषादीको अत्यधिक प्रयोग बढ्दै गईरहेको बताउनु भयो । बिषादी प्रयोगलाई न्यूनिकरण गर्दैै कृषि उपज उत्पादनमा लाग्ने हो भने हरेक किसान सवल बन्न सक्ने समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा प्याक्ट प्रमुख योगेन्द्रकुमार कार्कीले आयोजना प्राप्त गरेका केही उपआयोजनाले काम गर्न नसकेपछि रकम फिर्ता दिएको उदाहरण दिँदै नेपालमा सञ्चालमा रहेका धेरै आयोजनाहरु मध्ये सफल आयोजनाका रुपमा प्याक्टलाई लिन सकिने बताउनु भयो । आयोजना सञ्चालनको छोटो अवधिमा २५ जिल्लाबाट ७५ जिल्लामा विस्तारित हुनु भनेको सफलताको कारण नै भएको उल्लेख गर्दैै व्यवसायिक कृषि तथा व्यापार आयोजना किसानका पक्षमा पारदर्शि ढंगले अगाडि बढिरहेको समेत उल्लेख गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोख्रेल, अर्थ मन्त्रालय सचिव युवराज भूषाल, योजना आयोगका सदस्य भारतेन्द्र मिश्र,कृषि उद्यम केन्द्रकी अध्यक्ष भवानी राणाले नेपाली कृषि क्षेत्रलाई व्यवसायिकरण गर्नु पर्नेमा जोड दिएका थिए । – कमला नेपाल

प्रकाशित मिति: आइतवार, असार ८, २०७१