शनिबार, बैशाख ८, २०८१

नेपाल भेटेरीनरी एशोसिएसन र नेपाल पशु चिकित्सा परिषद्को कार्यालय तोडफोड

council

 

काठमाडौं, असार ७ । नेपाल भेटेरीनरी एशोसिएसन र नेपाल पशु चिकित्सा परिषद्को कार्यालयमा गएराती नेपाल पारा भेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसनका अध्यक्ष पूर्णबहादुर बुढाको नेतृत्वको समूहले तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेपाल भेटेरीनरी एशोसिएसनले खेद प्रकट गरेको छ ।

एशोसिएनका अध्यक्ष रामकृष्ण खतिवडाले प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तावित संशोधित मस्यौदा ऐनको बारेमा मन्त्रालयमा सचिवको अध्यक्षतामा वैठक सम्पन्न भए लगतै कार्यालय तथा भौतिक संरचनामा आक्रमण गर्नु हतास मानसिकताको उपज रहेको बताइएको छ । मन्त्रालयस्तरमा बहस हुँदाहुँदै  गुण्डागर्दी शैलीमा कार्यालय तोडफोडमा संलग्न जो कोही भएपनि कानूनीे कठघरामा उभ्याई कारवाहीका लागि माग समेत गरिएको छ ।

२०७१ असार ६ गते नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ को संशोधित मस्यौदाको बारेमा वैठक सम्पन्न भएको र वैठक सम्पन्न भए लगतै कार्यालय तोडफोड गरिएको थियो । छलफलमा उठेको विषयहरु चित्त नबुझे  कानूनी बाटो प्रशस्त हुँदा हुँदै कार्यालय तोडफोड गर्ने जस्तो निन्दनीय कार्य गर्नुलाई संगठनका नाममा गरिएको दादागिरीका रुपमा लिइएको समेत अध्यक्ष खतिवडाले बताएका छन् ।

 

प्रकाशित मिति: शनिबार, असार ७, २०७१