पोखरा, ६ असार । कृषि विकास कार्यालय कास्कीको वार्षिक कार्यक्रमअनुसार आज फेवातालमा माछाका भुराहरू छोडिएका छन् । तालको छेउछाउमा बसी माछा बिक्री गरी जीविका चलाउँदै आएका जलारीहरूको आयआर्जनका लागि माछाका भुराहरू छोडिएका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले बताउनुभएको छ । कृषि अनुसन्धान केन्द्र (मत्स्य) वेगनासको तर्पmबाट करिब रु २५ हजार मूल्य बराबरको छ हजार माछाका भुराहरू आज तालमा छोडिएको हो । मत्स्य व्यवसायी समितिले पनि करिब रु एक लाख मूल्य बराबरका २४ हजार हुर्किएका ठूला आकारका माछाका भुराहरू छाड्ने लक्ष्य राखेको बताइएको छ ।–कृषि साप्ताहिक
Add Comment