काठमाडौं,असार ६ । खाद्य सुरक्षाका लागि जति चर्का नारा सुनिन्छन् कार्यान्वयन भने त्यति हुन नसकिरहेको गुनासो उपभोक्ताहरुबाट आईरहेको छ । तर, सरकार मातहत निकायहरु भने जनतालाई सुरक्षित खाद्य उपलब्ध गराउन लागि परेको बताउन थालेका छन् । खाद्य पदार्थहरुमा मानव स्वास्थ्यमा हानि पु¥याउने विभिन्न अखाद्य पदार्थहरु मिसाई विक्री वितरण बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने सक्रिय रहेको छ । विभागका महानिर्देशक जीवन प्रभा लामाका अनुसार विभागले स्थलगत निरीक्षण क्रममा खाद्य पदार्थ विक्री वितरण गरेको फेला पारेमा तत्काल कार्वाही गर्ने व्यवस्था भएमा बजारमा अखाद्य पदार्थ विक्री वितरणमा कमी आउने बताउनु भयो ।
कृषि अनलाईनसँग कुराकानी गर्दै महानिर्देशक लामाले आफूहरुले गुनासो आएको केही समयमा नै छापा मार्ने गरेको र अखाद्य पदार्थ फेला पारेमा कार्वाहीका लागि सिफारिस गर्ने गरेको समेत बताउनु भयो । साथै उहाँले बाली संरक्षण निर्देशनालयले कालीमाटी फलफूल तथा तरकारी बजारमा द्रूत बिषादी विश्लेषण प्रयोगशााला स्थापना गरेर आम नागरिकले उपभोग गर्दै आईरहेको हरिया जातका तरकारीलाई गुणस्तरयुक्त बनाउने कार्यमा ठूलो टेवा पु¥याएको बताउनु भयो ।
तरकारी तथा खाद्यबाली उत्पादन देखि घरको भान्सासम्म पुग्दा हानिकारक बिषादीको मारमा महिलाहरु नै पर्ने गरेको औलाउँदै महिलाहरुलाई बिषादी प्रयोग न्यूनिकरण गर्ने अभियानमा जुटाउन सके बिषादीको प्रयोगको अन्त्य हुन सक्ने समेत बताउनु भयो ।
बिषादी रोक्न महिलालाई सजग गराउनु पर्ने

Add Comment