मङ्लबार, बैशाख ११, २०८१

प्रथम राष्ट्रिय कृषि व्यवसायीकरण प्रदर्शनी हुने

yogendra k karkiकाठमाडौं, ५  असार । कृषि व्यापार आयोजना एब्ऋत् ले आज आयोजनाको कार्यालयमा एक पत्रकार सम्मेलन गरी  आयोजनाबाट पूरक अनुदान प्राप्त गरी संचालनमा रहेका उप–आयोजनाहरुले के कति प्रगति हासिल गरेका छन् र उत्पादन गरेका कृषि उपजहरु के–कस्ता छन् भन्ने विषयमा नेपालका आम जनताले थाहा पाउन् र प्रत्यक्ष हेर्न पाउन् भन्ने उद्देश्य राखेर यही आषाढ ८ र ९ गते भुकुटी मण्डपमा “प्रथम राष्ट्रिय कृषि व्यवसायीकरण प्रदर्शनी २०७१” को आयोजना गरिन लागेको जानकारी दिईएको छ ।
उक्त पत्रकार सम्मेलनमा आयोजना प्रमुख योगेन्द्रकुमार कार्कीले नेपाल सरकार कृषि विकास मन्त्रालय अन्र्तगत विश्व बैंकको आर्थिक सहयोगमा संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (PACT) ई.सं. २००९ मा शुरु भई प्रथम चरणमा २५ जिल्लामा २०१५ सम्मको लागि सञ्चालन भएको आयोजना हाल थप आर्थिक सहयोग पाई मुलुकको ७५ वटै जिल्लामा २०१८ सम्मको लागि संचालनमा रहेको बताउदै प्रथम आव्हानमा आयोजनाबाट पूरक अनुदान सहयोग पाई ५१ वटा उपआयोजनाहरु संचालन भएको जसमध्ये ४८ वटा आयोजनाहरुले सम्झौंता कार्य सम्पन्न गरेको प्रतिवेदन बुझाई सकेको बताउनुभयो । दोश्रो चरणको आव्हान अन्र्तगत २०४ वटा उपआयोजनाहरु आयोजनाबाट पूरक अनुदान सहयोगमा सञ्चालनमा रहेका बताउदै आयोजनाबाट तेश्रो आव्हान अन्र्तगत हाल २९१ वटा समूह/सहकारी संस्थाहरुले पूर्ण आयोजना प्रस्ताव (FPP) समेतमा सफल भई हाल ती संस्थाहरु अनुदान पाउने क्रममा सम्बन्धित क्षेत्रका आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालय PRIST सँग सम्झौंता गरी रहेको पनि कार्कीले बताउनुभयो । आयोजनाबाट चौथो आव्हानमा साना तथा मझौंला खालका अनुदान पाउन ७५ वटै जिल्लाबाट ७७९ सेटमा २४५४ प्राप्त आयोजना अवधारणा पत्र  PCN हरु मध्ये ६५४ सेट योग्य भएको नतिजा सार्वजनिक भई सक्नुका साथै ती PCN  हरुको प्राविधिक पक्ष (Technical Evaluation) मूल्याङ्कन भई स्थलगत प्रमाणिकरण (Field Verification) को लागि सफल भएका PCN  हरुको नजिता निकट भविष्यमा प्रकाशित भई सार्वजनिक गरिने बताउदै पाँचौ आव्हानमा लघु अनुदान (Micro Grant) प्राप्त गर्नलाई पहाड र उच्च पहाडी क्षेत्रका २५ वटा जिल्लामा आयोजना अन्र्तगत पाँचै विकास क्षेत्रमा रहेको PCN कार्यालयहरुले आ–आफ्नो क्षेत्रमा PCN  आव्हान गर्ने क्रममा रहेकोे पनि उहाँले बताउनुभयो । PRIST कार्यालय, पोखराले पश्चिमाञ्चल क्षेत्रका ५ वटा जिल्लाका लागि मिति २०७१ जेठ २७ गतेको गोरखापत्रमा आयोजना अवधारणा पत्र PCN आव्हान गरी सेकेको पनि आयोजना प्रमुख कार्कीले जानकारी दिनुभएको छ ।
नेपाल सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, विभागिय प्रमुखहरु, लगायत कृषि निकायका सम्बन्धित पदाधिकारीहरुको उपस्थितिमा कार्यवक्रमको प्रमुख अतिथि माननीय कृषि विकास मन्त्री हरि प्रसाद पराजुलीबाट आषाढ ८ गते दिउसो १:३० बजे “प्रथम राष्ट्रिय कृषि व्यवसायीकरण प्रदर्शनी २०७१”को  उद्घाट्न हुने बताइएको छ । उक्त प्रदर्शनीमा एक सय भन्दा बढी प्रदर्शन स्टलहरुमा डेरीबाट उत्पादित खाद्य वस्तु, मह, पुष्प, कुखुरा, तरकारी, माछा, कफि, खाद्यान्न बालीका वीउ विजन, अदुवा र च्याउ जस्ता कृषि उपजहरुको प्रदर्शन हुने जानकारी आयोजनाका प्रवक्ता राजेन्द्र यादवले दिनुभयो ।–कमला नेपाल

प्रकाशित मिति: बिहिबार, असार ५, २०७१