काठमाडौं । नैना लामा बर्ष २९, सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा ठूलै सपना बोकेर आएका थिए । गाउँको खेतीपातीलाई चटक्कै माया मार्न खोजेका नैना लामाको भविष्य निर्माणको बाटो यतिखेर त्यही कृषि बन्न पुगेको छ । विभिन्न पेशा संहालेका नैना लामा कहि सफल त कहि असफल पनि बने । असफलताले नै सफलतातिर डो¥याउँछ भन्ने उखान नैनाको जीवनमा लागू हुन थालेको छ । काठमाडौं डाँछी गाविसमा ९ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्न शुरु गरेका नैनाले आफूलाई व्यवसायिक किसानका रुपमा स्थापित गराउन सफल भएका छन् ।
नैनाले ९ रोपनी जग्गामा करीव १२ लाख रुपैयाँ लगानी गरे । जसले बार्षिक रुपमा ३० देखि ३५ हजार रुपैयाँ सहजै कमाईरहेका छन् । यसैको सफलताले गर्दा होला नैनाले हाल भईरहेको फार्मभन्दा केही पर अर्को ३० रोपनी जग्गा भाडामा लिएर गाई फार्मको तयारी पनि गर्दैछन् । गोलभेंडा, काँक्रो, करेला, बोडी, साग, काउली, बन्दाकोभी, खुर्सानी लगायतका तरकारी जन्य बस्तु उत्पादनमा लागेका नैनाले यसैलाई अव पूर्ण रुपमा अर्गानिक खेती गर्ने उत्साह बढेको छ । अर्गानिक उत्पादनका लागि आवश्यक मलखादका लागि पनि मल किन्नु भन्दा गाई पाल्नु नै उपयुक्त देखेर उनले गाई फार्मका लागि तयारी गरेका हुन् ।
तरकारीबालीमा रासायनिक मलको प्रयोगका कारण माटो विग्रिएको मात्र नभै स्वस्थ तरकारी समेत उपभोक्ताले खान नपाईरहेको समाचार धेरै नै पढेका नैनाले काठमाडौं शहरबासीलाई अर्गानिक तरकारी ख्वाउने तयारीमा जुटेका हुन् । शुद्ध दुधका लागि गाई पालन, अर्गानिक तरकारी उत्पादनका लागि आवश्यक मलखादानका लागि गाईपालन दुवै एक आपसमा अनिवार्य जस्तै ठानेर नैनाले ९ रोपनी जग्गाबाट अर्को ३० रोपनी जग्गा भाडामा लिएर पूर्ण रुपमा व्यवसायिक कृषक बन्ने अभियानमा नैना लामा होमिएका छन् ।
लहै लहैमा तरकारी खेती गर्नेहरुको भीड बढेकाले पनि कतिपय घाटा खाएर बसको पनि छन् नैना लामा भन्छन् । आफूले जे व्यवसाय गर्ने हो त्यो सिकेर गर्ने हो भने घाटा भन्ने हुँदैन । त्यसमाथि पनि तरकारी खेती अहिले फाइदामुखि व्यापार भएको उनको तर्क छ । विचौलियाहरुका कारण उत्पादन गर्ने किसानहरुले लागत मूल्य पनि पाउँदैनन् भन्ने कुरा के हो भन्ने प्रश्नमा लामा भन्छन्, हामीले उत्पादन गरेका तरकारी बजारीकरण गर्नका लागि किसान आफ्नै पहुँच नभएका कारण पनि विचौलियाहरुले केही फाइदा त खान्छन् तर कति खाए भन्ने कुरा मात्र हो ।
नैना लामाको तरकारी खेतीमा विचौलिया आईपुगेका छैनन् रे त्यही भएर पनि होला उनी फाइदामा नै छन् । दहचोकबाट पदम घिसिङ भन्ने व्यापारीले तरकारी लिन आउने र उनैले पोखरा, बुटवलसम्म आफ्नो फार्मको गोलभेंडा, काउली, मुला भेंडेखुर्सानी लिएर जाने र आफूले मागेका मूल्यमा उनले लिएर जाने गरेको लामाको भनाई छ ।
सवैभन्दा महत्वपूर्ण कुरा के हो भने लामाले उत्पादन गर्ने गरेको गोलभेंडाको एउटा बोटबाट ७ देखि ८ किलोसम्म गोलभेंडा फल्ने गरेको छ । बर्षको दुई पटकसम्म लगाउन सकिने हो भने झन् यसले धेरै नै फाइदा हुन्छ । शुरुमा धेरै लगानी गरिएको देखिन्छ यत्रो पैसा लगानी भो भन्ने पनि हुन्छ तर ती सवै टनेल निर्माण लगायतका भौतिक संरचनामा हुने हो नत्र त्यत्ति धेरै खर्च नहुने लामाको भनाई छ ।
बार्षिक १२ हजार प्रति रोपनीका दरले भाडामा लिएका नैनाले आफ्नो फार्मलाई अर्गानिक फार्मका रुपमा विकसित गर्ने र आफैले बजारीकरण गर्ने योजनामा रहेको बताउँछन् । आफैले बजारीकरण गर्दा केही व्यक्तिले रोजगारी पनि पाउने र उपभोक्ता र उत्पादनवीच विचौलियाहरुको अन्त्य हुने उनको भनाई रहेको छ । नैना लामाको यो उत्साहले अन्य युवाहरुलाई पनि उत्साहित कृषि व्यवसायमा उत्प्ररित गर्ने संकेत पनि हो । युवाहरु विदेश भौतारिनु भन्दा नैना कै सिको गर्ने हो भने फाइदा हुन्थ्यो कि ?
तरकारी खेती नै भविष्य निर्माणको बाटो बन्दै

Add Comment