शनिबार, बैशाख ८, २०८१

विश्व बंैकको लगानीमा टोक्रे सिँचाइ योजना

परासी, ३ असार । विश्व बैंकको सहयोगमा नवलपरासी जिल्लाको देवचुली नगरपालिका क्षेत्रको सिँचाइलाई लक्षित गरी टोक्रे सिँचाइ योजना निर्माण सुरु भएको छ । यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भनिएको यो सिँचाइ योजनाको लागत रु एक करोड ५० लाख रहेको योजना रेखदेखको पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय नवलपरासीका प्रमुख प्रचण्डदेव विष्टले बताउनुभयो । देउसत खोलाको मुहान संरक्षण गरी सो स्थानबाट नहरको निर्माण व्यवस्थित पार्ने र पानी वितरण गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो  । सो सिँचाइ योजना पूरा भएपछि देवचुली नगरपालिका–१, ५, ६, ७ र ९ गरी पाँचवटा वडाका किसान प्रत्यक्ष लाभान्वित हुनेछन् । करिब ६५० हेक्टर जग्गाको ४० किलोमिटरमा टोक्रे नहरको निर्माण गर्न लागिएको टोक्रे नहर उपभोक्ता समितिका अध्यक्ष बालानन्द अर्यालले बताउनुभयो । टोक्रे नहरको पानीबाट सात हजार ७७३ जना मोही लाभान्वित हुने बताइएको छ भने मूलधारामा रहेको पानी विभिन्न १४ शाखामा वितरण गरिनेछ ।
झाक्रेस्वार, रामवास, मुढावास, आँपटारी, र विशालटारका स्थानीयवासीले उतm नहर निर्माण कार्यलाई निरन्तरता दिएका छन् । सहयोग रकमबाट रु ३९ लाख श्रम गरेबापत स्थानीयवासीले पाउने र नहर निर्माण कार्य दुई वर्षमा सक्ने योजना बनाएको बताइएको छ  ।

प्रकाशित मिति: मङ्लबार, असार ३, २०७१