बिहिबार, बैशाख १३, २०८१

कृषि प्रमुखले गरे खेती निरीक्षण

झापा,२ असार । परम्परागत रुपमा गर्दै आएको धानखेतीका कारण आम्दानी गर्न नसकेको भन्दै झापाका धेरै किसानहरु यतिखेर रवर खेतीतिर लहै लहैमा नै आकर्षित भएका छन् । रवर खेतीमा आकर्षित देखिएका किसानहरुलाई धान खेतीभन्दा बढी आम्दानी लिन सकिन्छ भन्दै धानबालीको सट्टा रवर खेती गराउन उक्साउनेहरुको लहर नै छ झापामा यतिखेर ।
धानबाली लगाउने मौसम भएको भएपनि धेरै खेतहरु बाँझै देखिएका छन् । यसको प्रमुख कारण धान खेतीबालीको ठाउँमा रवर खेती गर्ने सोच किसानहरुले लिएका छन् । यद्यपी रवरबाली उत्पादन पश्चात त्यसको बजारीकरणका सन्दर्भमा भने किसानहरु जानकारी छैनन् । आफूले उत्पादन गरेको रवरबालीले बजारीकरण पाएनन फेरी कृषि कार्यालय धेर्न नपुग्लान् भन्न सकिँदैन । त्यसैले कृषि कार्यालय घेराउ गर्न जानु भन्दा पहिले किसानहरुले पनि आफूले गर्न लागेको बाली र त्यसको बजारीकरणलाई समेत ध्यान दिनु पर्नेमा कृषि विकास कार्यालयका अधिकारीहरुको भनाई रहेको छ । भर्खरै मात्र कृषि विकास कार्यालय झापाको प्रमुखका रुपमा कार्य थालनी गर्नु भएका कार्यालय प्रमुख मेघनाथ तिमल्सेनाले भने आफू भर्खरै आएकाले आजैदेखि किसानका घरदैलो र खेतमा पुग्न थालेको बताउनु हुन्छ । तिमल्सेनाले आज झापाका केही रवर खेतीहरुको निरीक्षण गरेको समेत बताइएको छ ।

प्रकाशित मिति: सोमवार, असार २, २०७१