शनिबार, अशोज १३, २०८०

दार्चुलामा यस वर्ष पनि खाद्यान्न सङ्कट हुने

दार्चुला, ३० जेठ । दार्चुलामा यस वर्ष पनि खाद्यान्न अभाव हुने देखिएको छ । जिल्लामा यस वर्ष गहुँको उत्पादनमा कमी आएकाले गत वर्षकै हाराहारीमा दुई हजार ५९० मेट्रिक टन खाद्यान्न अपुग हुने वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो । जिल्लाको खाद्य सुरक्षाको अवस्थाबारे उहाँले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार जिल्लाका २६ गाविस खाद्य असुरक्षित रहेका छन् । सिचाँइको सुविधा नहुनु, व्यावसायिक खेती नगरिनु, जलवायु परिवर्तन र युवा जनशक्ति पलायन जस्ता कारणले जिल्लाको खाद्य उत्पादन बर्र्सेनि खस्कँदै गएको तथ्याङ्कले देखाएको छ । नेपाल कृषि सहकारी सङ्घका केन्द्रीय सदस्य भरतबहादुर थापाले आयातित वस्तुलाई विस्थापित गर्दै अब प्रत्येक परिवारले आफ्ना लागि आफँैले खाद्यान्न उत्पादन गर्नुपर्ने बताउनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३०, २०७१