शुक्रबार, बैशाख ७, २०८१

मह एग्रिकल्चरमा कट्वालको राज

maha[1]
काठमाडौं ,२९ जेठ। व्यवसायिक कृषिका लागि चर्चित हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको नाममा बालाजुमा स्थापित भएको मह एग्रिकल्चरले इजरायली प्रविधिका नाममा गरेको बदमासी खुल्न थालेको छ । मदन कृष्ण श्रेष्ठ र हरिबंशको नाम भजाएर सो एग्रिकल्चरमा प्रवन्ध निर्देशकले खोजराज युवा स्वरोजगार कोषबाट लिएको रकमको ब्याज समेत तिरेको छैन ।
अझ मह एग्रिकल्चरले एक सहकारी मार्फत लिएको ऋण लिएको र सो रकम हरिवंश आचार्यका छोरा मोहितबंश आचार्यको नामबाट लिएको भएपनि मोहितबंशलाईभने आफ्नो नाममा सहकारीबाट रकम नलिएको बताउँछन् । मह कै नामबाट शुरु गरिएको सो फार्मका नाममा सहकारीबाट ऋण आफ्नो नाममा लिएको भए छानविन गर्न मोहित आचार्यले माग गरेका छन् । आफूले कुनै पनि वैक तथा वित्तिय संस्थाबाट ऋण नलिएको र उक्त फार्म आफूले छोडिसकेको समेत बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २९, २०७१