बुधबार, बैशाख १२, २०८१

क्षेत्रीयस्तर आईपिएम समिक्षा गोष्ठि शुरु

विराटनगर, २९ जेठ । बाली संरक्षणका लागि लामो समयदेखि आईपिएम कार्यक्रम सञ्चालन गर्दै आईरहेको बाली संरक्षण निर्देशनालयले पूर्वाञ्चलको १६ जिल्लालाई लक्षित गरी क्षेत्रीय स्तरीय आइ पि एम समिक्षा गोष्ठि आजबाट शुरु गरेको छ ।
sures gautamक्षेत्रीय कृषि निर्देशनालय विराटनगरमा शुरु भएको सो गोष्ठिको क्षेत्रीय निर्देशक सुरेशप्रसाद गौतमले उद्घाटन गर्नु भयो । गोष्ठिको उद्घाटन गर्दै निर्देशक गौतमले सन् १९९७ बाट शुरु भएको यो कार्यक्रमले रासायनिक बिषादी न्यूनिकरण गर्ने कार्यमा ठूलो मद्दत पुगेको बताउनु भयो ।
राष्टिय योजना आयोगले समेत सम्वोधन गरेको यस कार्यक्रमबाट पुगेको योगदान र बिषादी रहित गुणस्तरीय कृषि उत्पादन बृद्धि गर्नकालागि गरेका कार्यको खोजी गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा निर्देशक गौतमले आईपिएम कार्यक्रम सम्वन्धि कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । आईपिएम कार्यक्रमको विगत र वर्तमानसम्मका बारेका कार्यपत्र बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत दिनेशबाबु तिवारीले प्रस्तुत गर्नु भएको थियो ।
भोलीसम्म चल्ने सो गोष्ठिको बारेमा बाली संरक्षण निर्देशनालयका कृषि प्रसार अधिकृत भरत बस्नेतले जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २९, २०७१