सोमवार, बैशाख ३, २०८१

बाली सरंक्षणमा आईपिएमको सफलता

नेपाल कृषि उत्पादनका लागि महत्वपूर्ण देशका रुपमा चिनिएको छ । कृषि बहुसंख्यक नेपालीको मुख्य आधार पनि हो । यहाँका करीव ६५.६ प्रतिशत जनताहरु जीविकोपार्जनका लागि कृषि क्षेत्रमा आश्रित रहँदै आएका छन् । जवसम्म कृषि क्षेत्रको विकास हुन सक्दैन तवसम्म बहुसंख्यक जनताको जीवनस्तर माथि उठ्न सक्दैन । त्यसकारण कृषि क्षेत्रको दीगो विकास नेपालका लागि अपरिहार्य मात्र होइन अत्यावश्यक पनि हो ।
Baikunthaबढ्दै गईरहेको जनसंख्यालाई खाद्यान्न आपूर्ति गर्न कृषिजन्य बस्तुहरुको उत्पादन बढाउन भए भएको प्रविधिको विकास तथा कृषि क्षेत्रमा व्यवसायिकरणको सिलसिलामा उन्नत जातहरु, रासायनिक मलको प्रयोग विभिन्न स्रोतहरुका बीउ तथा विरुवा आयात इत्यादी कारणले गर्दा बाली विरुवामा लाग्ने रोग कीरा, झारपातको प्रकोप पनि बढ्दै गईरहेको छ । विभिन्न बालीनालीमा बर्षेनी नोक्सानी पु¥याउने शत्रुजीवहरु कीरा, रोग, झारपात, चरा मुसा आदीबाट बाली भित्र्याउनु अघि, खेतबारीमा र भण्डारणसम्म नै रहेको नोक्सानीलाई कम गरी दीगो रुपमा कृषिजन्य बस्तुहरुको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने कार्यमा बाली संरक्षणको महत्वपूर्ण भूमिका रहन्छ ।
त्यसैले त कृषि विकास मन्त्रालय कृषि विभाग अन्तर्गत सञ्चालित बाली संरक्षण निर्देशनालको स्थापना २०५७ सालमा भएको हो । २०४९ सालमा बाली संरक्षण तथा कीट विकास शाखाका रुपमा स्थापना भएको यो कार्यालय २०५२ सालमा बाली संरक्षण शाखाहुँदै २०५७ सालमा बाली संरक्षण निर्देशनाल बनेको हो । दीर्घकालिन कृषि योजना र त्रिबर्षिय अन्तरिम योजनामा एकीकृत शत्रुजीव व्यवस्थापनलाई बाली संरक्षणको केन्द्रविन्दुको रुपमा अङ्गिकार गरेको छ । त्यसैले त बाली संरक्षण निर्देशनालयले एकीकृत शत्रुजीव व्यवस्थापन अर्थात आईपिएम कार्यक्रमलाई रोग, कीरा र झारपात व्यवस्थापनमा मात्र सिमित नराखी स्वस्थ बाली उत्पादन क्षेत्र विस्तार तथा बजार प्रवद्र्धन गर्न किसान, कृषक समूहहरुलाई दक्ष तुल्याउने एक शसक्त माध्यमका रुपमा स्थापित गराउने तर्फ आफ्ना कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।
किसानहरुका बाली नालीमा लाग्ने रोग किराहरु र त्यसलाई जोगाउने नाममा रासायनिक बिषादीको प्रयोग कृषि उत्पादनमा बढ्दै जाँदा कृषि उत्पादनका लागि उर्वर मानिएको माटोको जीवन पनि विस्तारै विस्तारै नष्ट हुँदै गईरहेको मात्र छैन रासायनिक बिषादीका कारण पछिल्लो समयमा मानिस, जनावर र वातावरणलाई प्रभाव पार्दे आईरहेको छ ।
यही स्थ्तििलाई समयमा नै सर्तक भै दीर्घकालिन कृषि योजना लगायत कृषि विकासका सवै नीति, रणनीति र योजनाहरुले एकीकृत शत्रुजीव व्यवस्थापना पद्दतीलाई बाली संरक्षणको केन्द्र विन्दुको रुपमा अंगिकार गरी निर्देशनालयले बिषादीको न्यूनतम र न्यायोचित प्रयोगका साथै बिषादीबाट पर्न सक्ने नकारात्मक प्रभाव न्यूनिकरण गर्ने व्यवस्थापन विधि बारे जनचेतनामूलक कार्यक्रम सञ्चालन, बिषादी छर्कनेहरुका लागि तालिम, प्रा.स तथा ना.प्र.सहरुका लागि पनि विभिन्न तालिहरु सञ्चालन गर्दै आईरहेका छ ।
एकीकृत शत्रुजीव व्यवस्थापनको अवधारणालाई बाली संरक्षणको केन्द्रविन्दुमा राखेर दीर्घकालिन कृषि योजनाले निर्दिष्ट गरेका क्षेत्रहरुका बालीहरुमा देखापर्ने शत्रुजीवहरुको समुचित व्यवस्थ ागर्न कृषक समूह मार्फत कृषक पाठशालाका माध्यमबाट एकीकृत शत्रुजीव व्यवस्थापन क्ष्एः प्रविधिको व्यापक उपयोग गरी निजी क्षेत्र समेतको सहभागीतामा कृषिको सघनिकरण र विविधिकरणद्धारा दीगो कृषि उत्पादकत्व बृद्धि गर्ने कार्यमा संलग्न रहिरहेको छ ।
बाली संरक्षण निर्देशानलय मातहत कार्य गर्ने राष्ट्रिय क्वारेण्टाइन कार्यालयले विरुवा र विरुवा जन्य बस्तुहरुको ओसार पसारबाट रोगकीरा सर्न नदिने उपायलाई अवलम्वन गर्दै आएको छ । राष्टिय प्लाण्ट क्वारेन्टाइन कार्यक्रम र पाँच वटै क्षेत्रका एक एक वटा गरी पाँच वटा प्रयोग शाला सञ्चालनमा रहेको छ । यसैगरी प्लाण्ट क्वारेण्टाइन अन्र्गगत पाँच वटा प्लाण्ट क्वारेटनाई कार्यलयहरु आठ वटा क्वारेण्टाइन चेक पोष्टहरु र २ वटा प्लाण्ट क्वारेटाइन चेक पोष्टहरु मार्फत यो कार्य गर्दै आईरहेका छन् । त्यस्तै बिषादी पञ्जिकरण तथा व्यवस्थापन महाशाखाले पनि जीवनाशक बिषादी ऐन २०४८ र नियमावली २०५० को पहिलो संशोधन २०६४ ले व्यवस्था गरेको अधिकारको उपयोग गरी देशभित्र आयात र खपत हुने बिषादीहरुमो समुचित व्यवस्था, बिषादीको उत्पादन, भण्डारण र प्रयोगमा समेत निगरानी गर्दै आईरहेको छ ।
हुन पनि एकीकृत शत्रुजीव व्यवस्थपानको साश्वत सिद्धान्त अनुरुप वातावरणीय सन्तुलन कायम राखी रोग, कीरा तथा झारपात जस्ता बाली शत्रुहरुको व्यवस्थापन प्रविधिबारे सीप सिकाउने क्षमता कृषकहरुमा विकास गर्ने उदेश्यले कृषक पाठशाला कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ । जसले गर्दा उन्नन प्रविधिहरु स्थलगत रुपमा सहभागितात्मक कृषि प्रसारको माध्यमबाट कृषकहरुबाट नै कृषकहरुमा जानकारी तथा चेतना जगाई कृषक स्वयंलाई आफ्नो खेतमा पर्यावरणको विश्लेषण गरी बाली संरक्षण गरी दीगो रुपमा पर्यावरणलाई जोगाई कृषि उत्पादनमा बृद्धि ल्याउने काममा भईरहेका छन् ।
यसैका कारण रासायनिक बिषादीको प्रयोग न्यूनिकरण गर्नुका साथै प्रांगारिक बिषादीको प्रयोग पनि बढ्ने क्रम पनि बढ्दै गईरहेको छ । आईपिएम प्रविधिबाट नै कृषि उत्पादन बढाउने किसानहरुको संख्या पनि बढिरहेको मात्र होइन त्यसबाट किसानहरु सफल पनि भईरहेको देख्न सकिन्छ ।
प्रांगारिक बिषादी निर्माण कार्यमा आईपिएम प्रविधका तालिमबाट सिकेका सीपलाई किसानहरु नै संलग्न भई आफ्ना कृषि उपजहरुलाई स्वस्थ र गुणस्तर बनाउनका लागि प्रांगारिक बिषादीहरु नै प्रयोग गरिरहेका छन् । किसानहरुले उत्पादन गरेका प्रांगारिक कृषि उत्पादन विक्रीका लागि काभ्रेको बनेपामा हरेक साता प्रांगारिक कृषि बजारनै सञ्चालन भईरहेको छ ।
बाली संरक्षण निर्देशनालयले कृषि उपजहरुमा रासायनिक बिषादी न्यूनिकरण गर्ने अभियानमा जसरी अगाडि बढिरहेको छ त्यसले दिनप्रतिदिन सफलता हात पारिरहेको छ । यसको दीगोपनाका लागि आईपिएम कार्यक्रमलाई कृषि विकास कार्यालय, स्थानीय निकाय तथा गैर सरकारी संस्थाहरुलाई समेत संलग्न गराई प्रांगारिक पकेट क्षेत्र विस्तार गर्ने लक्ष्य लिई सोही अनुरुप आफ्ना कार्यक्रम विस्तार गर्दै लगेको पनि देखिन्छ । कृषकहरुको दक्षतालाई बृद्धि ल्याउने गरी नै आईपिएम कृषक सहजकर्ता र आईपिएम सहजकर्ता मार्फत सक्रिय रहिरहेको देखिन्छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७१