बिहिबार, चैत्र १५, २०८०

स्थानीय बीउ विजन संरक्षणमा सेकार्ड नेपालकोे पहल

सभ्यताको विकासस“गै विश्व इतिहासमा धेरै कुरामा परिवर्तन आइसकेको छ । ढुंङ्गे युगमा मानिस शिकार खेलेर आफ्नो जीविकोपार्जन गर्ने गर्दथे भने सभ्यताको विकास स“गै मानिसले परिवर्तनलाई आत्मसात गर्दै विभिन्न स्थानमा विभिन्न जातका बाली लगाई खाद्यान्न उत्पादन गरेर आफ्नो जीविकोपार्र्जन गर्दै आइरहेका छन् । यति मात्र नभएर पशुपंक्षीहरुलाई पनि घरेलु बनाई तिनीहरुबाट पनि आफ्नो पोषणको परिपुर्ती गर्दै आइरहेको छ ।

भौगोलिकता र विविधताका आधारमा धनी मानिने हाम्रो देश नेपालमा मानिसहरुले परापूर्वकालदेखि नै विभिन्न बालीका विभिन्न जातहरुलाई भविष्यका निमित्त जोगाउ“दै आइरहेको पाइन्छ । जीविकोपार्जनका लागि जैविक विविधता संरक्षण क्षेत्रमा यो महत्वपुर्ण पाटो हो । नेपालमा केही समय अघि ९० ∞ बीउ स्थानीय रुपमा संरक्षित नै रहने गरेको एक तथ्याङ्कले जनाए पनि अहिले विभिन्न वर्णशंकर तथा अनुवंश परिवर्तन गरिएका बीउहरुको उपलब्धताले यो प्रथालाई निकै कम गरिदिएको छ । वर्णशंकर जातका बालीको तुलनामा उत्पादन कम हुने हु“दा हाम्रा कृषक दाजुभाई तथा दिदीबहिनीहरुले क्रमिक रुपमा स्थानीय जातका बीउहरुलाई त्याग्दै आउनुभएको देखिन्छ ।
प्राङ्गारिक कृषिको आधारशीला तयार गर्ने उद्धेश्य लिएको एक गैह्र सरकारी संस्था सेकार्ड नेपालले (वातावरण संरक्षण तथा कृषि अनुसन्धान र विकास समाज नेपाल ) यो अवस्थाको निराकरण गर्नका निम्ती स्थानीय बीउ संरक्षण एवम् प्रवद्र्धन कार्यक्रमलाई विगत लामो समयदेखि नै अनवरत रुपमा अघि सार्दै आइरहेको छ । स्थानीय बीउ संरक्षण र प्राङ्गारिक कृषि तथा जैविक विविधता बीच नङ र मासु जस्तै अन्योन्याश्रित सम्बन्ध रहेको पुष्टि भइसकेको अवस्थामा सेकार्ड नेपालले यो जिम्मेवारी बोध गरि यो प्रक्रियामा निरन्तर लागिपरेको छ । बजारमा उपलब्ध हुने वर्णशंकर जातका बीउ किनेर खेती गर्दा बीउ अङ्कुरण प्रतिशतमा शंका हुने, खेती गर्दा धेरै उत्पादन प्राप्त गर्नका लागि विभिन्न किसिमका रासायनिक मल तथा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने हु“दा यस किसिमको खेती पद्धतीले वातावरणमा मात्र नभई हाम्रो स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने कुरा स्पष्ट छ ।
cecardवास्तवमै स्थानीय बीउ विजन एवम् पशु पंक्षीहरुको संरक्षण गर्नु आवश्यक छ । यिनलाई संरक्षण नगर्ने हो भने खाद्य सुरक्ष्ाँ, पोषण विविधता तथा विभिन्न किसिमका बीउ तथा विरुवाहरुमा कृषकहरुको निरन्तर सुलभ पहु“च कायम गर्न सकि“दैन । फलस्वरुप हामी सधै“ खाद्यान्नका लागि परनिर्भर रहिरहने कुरामा निर्धक्क हुन सकिन्छ । त्यस्तै स्थानीय बीउ विजन हाम्रै गाउ“ ठाउ“ वरपरको वातावरणमा हुर्कने र यहा“ हावापानी सुहाउ“दो हुने हुनाले अहिलेको टड्कारो बनेको विषय जलवायु परिवर्तनको असर न्युनीकरण गर्न समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । साथै स्थानीय बीउ विजनको संरक्षण तथा प्रवद्र्धन गर्नाले कृषि कर्ममा लाग्ने खर्च कम गराउन एवम् जैविक विविधताको संरक्षण पनि सजिलै गर्न सकिन्छ । यसअर्थमा हेर्ने हो भने अहिले स्थानीय बीउ विजनको संरक्षण निकै महत्वपूर्ण मान्न सकिन्छ ।
सेकार्ड नेपालले चितवन जिल्लाबाट शुरु गरेको स्थानीय बीउ विजन संरक्षण तथा प्रवद्र्धन अभियानमा हालसम्म एक सामूदायिक बीउ बै“क स्थापना गरि विभिन्न बालीका विभिन्न जातहरुलाई निरन्तर रुपमा संरक्षण तथा प्रवद्र्धन गर्दै आइरहेको कुरा सो श्रोत केन्द्रका संरक्षक तथा प्रवद्र्धक श्री चन्द्र प्रसाद अधिकारी ज्यू बताउनुहुन्छ । “स्थानीय बीउ संरक्षण आजको प्रमुख आवश्यकता हो, विश्वका बहुराष्ट्रिय कम्पनीहरु बीच विश्वमा बीउका माध्यबाट एकाधिकार जमाउने तयारी भइरह“दा हामीले यसप्रति ध्यान नदिने हो भने भोली नेपालका राष्ट्रिय सम्पदामा नै आ“च आउन सक्छ ” अधिकारी ज्यूले बताउनुभयो । चितवन जिल्लाको फूलबारी गाविस वडा नं ३ मा अवस्थित श्रोत केन्द्रमा हाल विभिन्न बालीका स्थानीय र उन्नत जातका बीउहरुलाई संरक्षण गरी स्थानीय तथा उन्नत जातका बीउ संरक्षण तथा प्रवद्र्धन कोष खडा भएको छ । यो कोष खडा गर्नु पुर्व ८१ भन्दा बढी जातका धानको कृषक स्तरमा अनुसन्धानात्मक अध्ययन गरि राम्रा जातहरु छनौट गरिएको थियो । यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष गरि फूलबारी गाविस र त्यस वरपरका ५०० घरधुरी लाभान्वित बनेका छन् ।
चितवन जिल्लामा हात परेको यो सफलता स“गै सेकार्ड नेपालले बीउ संरक्षण तथा प्रवद्र्धनको कार्यक्रमलाई नेपालमा तरकारी उत्पादनको पकेट क्षेत्र मानिने धादिङ र नुवाकोट जिल्लामा विभिन्न तरकारी तथा फलफूलका स्थानीय तथा उन्नत जातका बीउहरुको संरक्षण एवम् प्रवद्र्धन गर्ने उद्धेश्यले हाल लागु गरिरहेको छ । धादिङ जिल्लाको जीवनपुर गाविस वडा नं ७ मा सेकार्ड नेपालले आयोजना गरेको “समूदायमा आधारित स्थानीय बीउ प्रर्दशनी तथा साटासाट कार्यक्रम” मा सहभागी हुन जीवनपुर गाविस वडा नं ०५ र ०७ तथा केवलपुर गाविस वडा नं ०१ र नुवाकोट जिल्ला कुमरी गाविस वडा नं ०८का जागरुक कृषकवर्ग आएका थिए । सो कार्यक्रममा सेकार्ड नेपालका अध्यक्ष श्री महेश्वर घिमिरे ज्यूले वर्तमान परिप्रेक्ष्यमा स्थानीय बीउको संरक्षणको आवश्यकताको बारेमा प्रष्ट पारिदिनुभयो । कृषक दाजुभाई तथा दिदी बहिनीको कृषिमा परनिर्भरता कम गर्न, स्वस्थ तथा गुणस्तरीय बीउमा सुलभ पहु“च पु¥याउन, कृषी कर्ममा लाग्ने खर्च कम गर्न र अन्त्यमा स्वस्थ खानाको आधारशीला तयार पार्नको लागि स्थानीय बीउको संरक्षणको आवश्यकता रहेको कुरा उहा“ले जानकारी गराउनुभयो । त्यस्तै कार्यक्रमका बीच सरस्वती प्राङ्गारिक कृषि सहकारी संस्था लिमिटेड, कुमरी ०८, नुवाकोटका अध्यक्ष श्री कृष्णमनी न्यौपाने ज्यूले बीउ संरक्षण सम्बन्धि कार्यक्रमले प्राङ्गारिक कृषिमा टेवा पु¥याउने कुरामा आफ्नो भनाई राख्नुभयो । “अबको कार्यक्रमको रुपरेखा भनेको यहा“ विशेष गरि स्थानीय रुपमा रहिआएको बीउ विजनलाई व्यवस्थित ढंगबाट संरक्षण शुरु गर्ने र यसलाई अझ व्यवस्थित गराई स्थानीय बीउ संरक्षणका लागि सामूदायिक बीउ बै“क स्थापना गर्ने र सोही बै“कबाट संरक्षित बीउ विजनलाई थप प्रवद्र्धन गर्दै लैजाने हो” कार्यक्रमका सुपरिवेक्षक श्री विष्णु प्रसाद पोखरेलजीले बताउनुभयो ।
स्थानीय बीउ विजन संरक्षण गर्नाले मुख्य रुपमा कृषकको परनिर्भरतालाई कम गर्न सकिन्छ । सेकार्ड नेपालद्धारा हालै गरिएको एक सर्वेक्षण अनुसार धादिङ जिल्लाको जीवनपुर गाविसका किसानहरु अहिले हरेक तरकारी बालीको बीउ विजनका लागि शतप्रतिशत नै बजारमा निर्भर रहेको छ । बार्षिक रुपमा सयौ“ मेट्रिक टन करेलाको बीउ शतप्रतिशत नै बजारमा उपलब्ध बीउहरुमा निर्भर रहेको पनि सो अध्ययनले देखाएको छ । यदि यस्तै अवस्था रहने हो भने भोली नेपालमा तरकारी उत्पादन हुन्छ कि हुदैन भन्ने कुरा बिदेशी बीउ विजन कम्पनीहरुलाई सोध्नु पर्ने हुन्छ । हाम्रो देशको उत्पादन गर्ने बाक्साको सा“चो हामीले ५०∞ विदेशी बीउ कम्पनीहरुलाई दिइसक्यौ“ । उत्पादन जस्तो सम्वेदनशील क्षेत्रमा राज्यले यस्ता प्रयासलाई प्रवद्र्धन गर्दै सहकार्यका सम्भावना पहिल्याउ“दै जानु पर्छ भन्ने लाग्छ ।poster
स्थानीय बीउ संरक्षण गर्नाले कृषकहरुले बजारमा महंगो मूल्य तिरेर बीउ खरिद गर्नु पर्दैन, आफूलाई आवश्यक पर्ने बीउ खोज्न टाढा जानु पर्दैन, आफ्नो खेतबारी र घरबगै“चामा बाली नाली वा विविधताको संख्यामा सजिलै वृद्धि गर्न सकिन्छ, विभिन्न थरिका बालीहरुको उत्पादन गर्न सकिन्छ , बीउ अङ्कुरण हुने कुरामा निर्धक्क हुन सकिन्छ, स्थानीय बीउ रोग कीरा प्रतिरोधी हुने हुनाले विषादीको प्रयोग न्यून गर्न सकिन्छ र अन्ततः स्थानीय जातका बालीहरुको हकमा त्यसको खेती गर्ने कृषक तथा बालीले ढाक्ने क्षेत्रफल वृद्धि भई ती जातहरुको संरक्षण र निरन्तर विकास पनि गर्न सकिन्छ । यी फाइदाहरुको अलावा हामीलाई स्वस्थ तथा गुणस्तरीय खाना उपलब्ध हुने हुनाले हाम्रो स्वास्थ्य स्थितीमा समेत सुधार ल्याउन सकिन्छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २६, २०७१