बिहिबार, बैशाख १३, २०८१

कालीमाली फलफूल बजारमा अनुगमन

काठमाडौं,२६ जेठ । कालीमाटी फलफूल तथा तरकारी  विकास समिति मातहत रहेको बजार आगलागीबाट ध्वस्त भएको भवन निर्माणका लागि व्यवसायिक कृषि तथा व्यापार आयोजनाले विश्व वैंकको सहयोगमा गरेको छ । अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट भवन निर्माण तदारुकताका साथ भएको भएपनि निर्माण कार्यक्रमलाई अझ तदारुकताका साथअगाडि बढाएर तोकिएको समयमा नै सम्पन्न गर्नका लागि सहयोगी संस्था प्याक्टका आयोजना निर्देशक योगेन्द्र कार्की लगायतका टोलीले अनुगमन गरेको छ ।
सो क्षतिग्रस्त भवनको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउनका लागि कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अध्यक्ष एवं कृषि विकास मन्त्रालयका सहसचिव मोहन चापागाईंको संयोजकत्वमा निरीक्षण उपसमिति समेत गठन गरिएको छ । प्रत्येक दिन भवन निर्माणमा संलग्न ठेकेदारले गर्दै आईरहेको प्रगतिको अनुगमन गर्नका लागि व्यवसायी प्रल्हाद भण्डारीको नेतृत्वमा अनुगमन समिति समेत गठन गरेको छ ।
सो समितिले हरेक दिनका कार्य प्रगति साप्ताहिक रुपमा आयोजना प्रमुख र समितिका अध्यक्षलाई बुझाउने समेत निर्णय भएको छ । अनुगमन पछि कृषिसँग कुराकानी गर्दै आयोजना प्रमुख योगेन्द्र कार्कीले टेण्डरको प्रक्रियामा आएको कम्पनीले काम ढिलो गरेमा र टेण्डरमा तोकिए बमोजिम कार्य नभएका रकम उपलब्ध नगराउने बताउनु भयो ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २६, २०७१