शनिबार, जेष्ठ १२, २०८१

पशुहरुका आहारा घाँस संरक्षणका प्रविधिहरु -डा.केदार कार्की

पृष्टभुमिः
हाम्रो मुलुकमा पशुहरुलाई चाहिने हरियो घाँस त्यतिबेलामात्र उपलब्ध हुन्छ जबसम्म यी घाँस तथा चराहरु घाँस खेतबारी तथा चराहरुमा उपलब्ध हुन्छन्। सुख्खायाम तथा हिउँदको बेलाको लागी हरियो घाँस संरक्षित गरि राख्न किसानले कुनै विषेश विधि प्रविधि अबलम्बन गर्ने गरेको पाईदैन हाम्रो जस्तो परिवेशमा ।
सामान्य तयाः हरियो घाँस ज्वार,जौ ,मकै जस्ता घाँसहरु स साना टुक्रा पारी कुट्टीको रुपमा सुख्खा धानको परालको टुक्रा,गहुँ,दलन जात पाकेका दाई गर्दा निस्कने भुस मिसाएर ख्वाउने चलन छ।मौसम अनुसार उपलब्ध भएअनुसार, यसका अतिरिक्त हरियो घाँस भने प्राय ःजसो चरण क्षेत्रमा चराएर खुवाउने गरिन्छ ।यस उसले।सुख्खा गर्मी याम तथा जाडोको बेला जतिबेला हरियो घाँसको उपलब्धता न्युन हुन्छ,त्यस्ता बेलाका लागी हरियो घाँस प्रसस्त उपलब्ध हुन्छ। पशुलाई आबश्यक पर्ने बाहेक बाँकी रहेको बढि हरियो घाँस सुरक्षित विधि प्रविधिबाट,घाँसको पौष्टिक तत्व हस नहुने गरी हरियो घाँस उपलब्ध नहुने वा न्युन हुने बेलाका लागी सरक्षण गरी राख्नुं पशुपालक कृषकका लागी फाईला जनक हुन्छ ।download
अतः प्रतिकुल मौसमी अवस्थामा जतीबेला हरियो घाँस उपलब्ध हुदैन त्यस्तो बेलाको लागी खुवाउन बढि उपलब्ध भएका बेलाको हरियो घाँस निम्न प्रविधि अनुसार सुरक्षि गरि भण्डारण गरी सुरक्षित राखी पशुहरुलाई खुवाउन सकिन्छ ।
१) हरियो घाँसलाई हे बनाई संरक्षित गर्ने
२) साईलेज बनाएर संंरक्षित गर्ने
३)कृत्रिम तरिकाले घाँसलाई सुकाउने

१) हरियो घाँसलाई “हे” बनाउने विधि प्रविधि ः–
एउटा राम्रो खाले सुकेको हरियो घाँस त्यसलाई मानिन्छ जसमा नचाहिदा झारपात मिसिएको नहोस र यस्ता वातावरणमा सुखाउन व्यवस्था गरिनु पर्छ जसले यसका पातहरु शुषक तत्व तथा पौष्टिक तत्वहरुको हस नहोस अनी घाँसको प्राकृतिक हरियो रंगमा कुनै परिवर्तन नहोस ।
२ हे त्यस्तो सुकेको घाँसलाई भनिन्छ जसमा हरियो ाँसमा उपस्थित आवश्यक तत्व के हस नभईकन हरियो घाँस नपाईने बेलामा पशुहरुलाई खुवाउन संरक्षित गरी भण्डारण गरिएको होस ।
यसरी तयार गरिएको हे घाँस अधिक स्वादिष्ट,पौष्टिक,सजिलै पच्ने उचच कोटिको पशु आहार मानिन्छ । तर हाम्रो आफ्नो परिवेषमा कृषक स्तरमा यो प्रविधिको प्रयोग गरीएको पाईदैन। यसको प्रमुख कारण कृषक समक्ष यस प्रविधिको प्रसार सरकारी स्तरका पोषण विज्ञले पुर्याउन नसकेको मानीन्छ। यसमा हामी कहाँ सिँचाईको सुविधाको कमीको कारण घाँस खेती नै गर्ने प्रचलन कम छ।राम्रो मनसुनी वर्षात भएको बेला प्राकृतीक चरी चरण तथा अन्नबाली जस्तै ः धान,मकै,लगाउने खेतमा मौसमी घाँस्को मात्रा प्रसस्त हुने गर्दछ ।अती वर्षा बनी लामो झरी पर्ने हुदाँ राम्रो संग सुकाएर राख्न सकिन्न। जसले गर्दा गर्मीको मौसमको बढेको तापक्रमले गर्दा घाँस बढेर,पाकेर,छिप्प्एिर जाने गर्दछन ।जसले गर्दा तिनमा प्राकृतिक रुपमा भएका पशुलाईआवश्यक पर्ने पौष्टिक तत्व या त कम हुन्छ या त नष्ट भएर जान्छ ।
हे वा हरियो घाँस सुखाउने उचित विधि प्रविधि ः–
वरसिम,लुर्सन,जौ,जै,बोडी,भटमास,अन्जन,सुडान ईत्यादीको बोट हे बनाउन उपयुक्त मानीन्छ ।यी घाँसमा फुल लाग्नु भन्दा भहिले काट्नुपर्दछ ।यसो गर्दा यसबेला यसमा केरोटिन,प्रोटिन,कार्वोहाइडेड तथा खनिज लवण को मात्रा अधिक हुने गर्दछ ।यसरी काटेका घाँसहरु खेतमा छाँयादार ठाउँमा जवसम्म यीनमा शुष्म पदार्थ साठी प्रतिशत पुग्दैन राखेर सुकाउनु पर्दछ।तर यीनको हरियो रंग भने नष्ट हुन नपाओस।कडा घाममा सुकाएमा यीनमा भएका पौष्टिक तत्व नष्ट भएर जान्छन।र घाँस पनि विग्रीन सक्छ ।यसरी तयार गरीएको हे मा चिस्यानको मात्रा पन्ध्र देखि विस प्रतिसत भन्दा बढि हुनुहुदैन ।साथै झरी परेको पानीले पनि झिज्न दिनुहुदैन ।यस्नको भण्डारण चिसो भुईँमा नगरी काठको फ्ल्याकमा हावाको राम्रो दोहोरो निकास भएको भण्डारण घरमा गरिनु पर्दछ ।अनी बेलाबेलामा ओल्टाई पल्टाई गर्नुपर्दछ ।
साईलेज बनाउने विधि प्रविधि ः–
यस प्रविधि अनुसार हरियो घाँस् प्राकृतिक रुपमा रसिलो अवस्थामा खाल्टामा गुन्द्रुक खादेँ झैँ कोचेर राखिन्छ।जुन प्रक्रियालाई साईलेज वा साईनिगं भनिन्छ।यस प्रकृया बाट जुन पशु आहार तयार हुन्छ,त्यसलाईसाईलेज भनिन्छ।साईलेज बनाएर घाँसहरुलाई सुरक्षित गरी भण्डारण गरिने तरिका घाँसहरुलाई सुकाएर सुरक्षित भण्डारण गर्नु भन्दा राम्रो मानीनछ ।
साईलेज बनाउनको लागी केही पुर्व तयारी ः–
जुन प्रजातीको घाँस साईलेज बनाउन प्रयोग गरीने हो त्यस शुष्क पदार्थको मात्रा तीस देखि चालीस प्रतिशत भन्दा बढि हुनुहुदैन।घाँसमा यदि चिस्याइलो पन कम मात्रामा भएमा खाल्टोमा राम्रोसित कोचिदैन। जसका कारण घाँसमा अधिक हावाका कारण घाँस कुहिन सक्दछ।यदि घाँसमा पानी वा चिस्यानको मात्रा बढि भएमा त्यस्ता घाँसबाट तयार हुने साईलेज तितो स्वादको हुने गर्दछ।उच्च गुणस्तरको साईलेज बनाउने हो भने घाँसलाई खाल्टोमा राम्रोसित डम्मपारी कोच्नुपर्ने हुन्छ।त्यसका लागी ठुलो जवनत बोट विरुवाघाँसका बोटलाई उचित आकारमा काँटछाँट गरिनुपर्दछ ।साईलेज बनाउने हरियो घाँसमा कार्वोहाइडेडको मात्रा अधिकतम मात्रामा हुनुपर्दछ ।यदि कार्वोहाईडेडको मात्रा कम भएमा कुल घाँसको मात्राको दुई प्रतिशत सख्खरको झोल मिसाउनु पर्छ।यस बाहेक घाँसको डाँढ अनि हागांहरु कडा हुनुपर्दछ ।
साईलेज बनाउन प्रयोग गरीने घाँस तथा अन्न लहरे कोसे तरकारी प्रजाती
वरसिम,लुर्सन,जौ,जै,बोडी,भटमास,अन्जन,सुडान,पराल प्राकृतिक घाँसपात पनि प्रयोग गर्न सकिन्छ। तर यीनीहरु धेरै छिप्पीएको वा कलीलो अवस्थाको चाही हुनुहुदैन ।
साईलेज बनाउने विधि ः–
शित हटेपछि साईलेज बनाउने प्रयोग गरिने वोट विरुवा फुल फुलेको अवस्थामा विहानपख काटी मध्यान्ह सम्म पसारेर छोडिदिनु पर्दछ ।जसका कारण यीनमा भएको बढी चिस्यान सुकेर जान्छ । त्यसपछि यस्ता घाँसलाई मुठा बनाई एक क्रममा मिलाएर राख्नुपर्दछ। साईलेज बनाउनका लागी चारकुने वा गोलाकार खाल्डोमा टुक्रा परीएका घाँस प्रजाती जस्तै ः मकैको भएको खाल्डो चाँहि अन्य सिगैं प्रयोग गरिने घाँस प्रजातीका लागी उपयुक्त हुन्छ।औसत साना किसानका लागी २ मिटर चौढाई बनी ३ मिटर गोलाकार खाल्डो बनाए पुग्छ । जसमा करीवन ८ टन हरियो घाँस सुरक्षित राख्न सकिन्छ । खाल्डोको पर्खाल हावा छिर्न नसक्ने हुनुपर्छ।जसले गर्दा हावा प्रवेश गरी साईलेज कुहाउन नसकोस।
४) साईलेज बनाउन खनिने खाल्डो सफा हुनुपर्दछ।घाँस खाल्डो मा हाल्दा बेस्सरी खाँदेर हाल्नु पर्दछ।प्रत्येक दिन यसरी खादेर भरेर राखेपछि माथील्लो सतहलाई पोलीथिन तीरपालले छोपेर राख्न पर्छ ताकी न त यी घाँस सुक्न पाओस न त पानीले भिज्न पाओस ।जब साईलेज बनाउन तयार गरिएको खाल्डो भरिन्छ त्यसमाथी सुख्खा परालको तहले छोपी त्यसमाथी माटो तथा स साना ढुगांले थिचेर छोपीदिने अनि त्यसमाथी गीलो माटो वा गीलो गोबरले लिपेर छोपी दिनुपर्छ ।
करिवन ५० देखि ८० दिन यसरी खाल्डोमा खादेर राखेका घाँस अचार जस्तो मिश्रणमा तयार हुन्छ।यस अवस्थालाई साईलेज भनिन्छ।जब यसरी साईलेज तयार हन्छ,साईलेज प्रतिदिन ५ देखि १० सेन्टिमिटर गहिराई सम्मको साईलेज निकालेर पशुहरुलाई खुवाउन सकिन्छ ।एक पटक साईलेजको स्वाद चाखेको पशुले यसलाई पटक टिक खान रुचाउँछ। किनभने यो स्वादिष्ट पनि हुन्छ। तथा विभिन्न जातीको मिश्रण बाट तयार हुने हुदाँ यो पोषिलो हनुको साटो पशु स्वस्थ हुनेहुदाँ पशुको उत्पादन,उत्पादकत्व प्रजनन् क्षमता पनि बढेर जान्छ ।
कृत्रिम रुपमा घाँस सुकाएर संरक्षण विधि ः–
यस प्रविधि अनुसार घाँसले खेतवारीबाट काटेर थन्काउँदा स साना टुक्रा पारी बिजुलीबाट संचालीत एक प्रकारको ताते हावा फाल्ने सुरुगं भएर नीकालीन्छ। यस्ता गर्म हावा हुने सुरुगंमा घाँसका टुक्रालाई आधा घन्टा जती राखीन्छ । यसरी सुखाईएको घाँस मा पौष्टिकता मौलीकता मौलीक रुपमा नै रहन्छ भने तीनमा हुने पौष्टिक तत्व आफ्नै प्राकृतीक स्वरुप,गुण अनी मात्रामा पनी यथावत रहन्छन्। यस विधिवाट सुकाईएको घाँसहरुमा हे प्रविधिबाट सुकाईएका घाँस भन्दा प्रोटिन तत्वको उवलब्धता २० प्रतिशतले र केरोटिनको मात्रा ३ गुणाले बढी हुने गरेको वैज्ञानीक अभिलेखमा पाईन्छ । यस प्रविधिको सबल पक्ष भनेको मौसमी प्रतिकुलताका कारण माथीका अन्य विधिबाट घाँसको संरक्षण गर्ने अनुकुलता मिलेन भनेपनी यस प्रविधिबाट घाँसहरु सजिलै सुकाएर सुरक्षि भण्डारण गरी पशुपंक्षी लाई खडेरी ,बाडी,हिमपात,जस्ता प्रतिकुल मौसममा सहज रुपमा आपुर्ती गर्न गराउन सकिन्छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २६, २०७१