शुक्रबार, चैत्र १६, २०८०

असिनाबाट अलैँची खेती नष्ट

इलाम, २५ जेठ । अविरल वर्षासँगै विभिन्न समयमा परेको असिनाले इलाममा यस वर्ष एकै गाउँमा रु चार करोड बराबरको अलैँची नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वैशाख १८ गतेको असिनाले जिर्मले गाविसमा मात्र रु चार करोडको अलैैँची नष्ट भएको हो । जिर्मलेको १, २ र ३ नं वडामा असिनाले सबैभन्दा बढी क्षति पु¥याएको छ । जिर्मले–१ मा साढे पाँँच हेक्टर क्षेत्रफलको अलैँची नष्ट भएको छ । अलैँचीको फूल नष्ट भएकाले ८५ मन हाराहारीमा अलैँची उत्पादन घट्ने अनुमान कृषि कार्यालयले गरेको छ । त्यस्तै जिर्मले–२ को साढे आठ हेक्टर क्षेत्रफलमा लगाइएको अलैँची नष्ट भएको छ । क्षतिका कारण १७० मन उत्पादनमा कमी आउने अनुमान गरिएको वरिष्ठ कृषि अधिकृत प्रकाशकुमार डाँगीले बताएका छन् । जिर्मले–३ मा १४ हेक्टर क्षेत्रफलको अलैँची नष्ट भएको छ । २७१ मन अलैँची उत्पादन कमी हुने कार्यालयको अनुमान रहेको छ । तीन वटा वडामा ५६५ मन अलैँची उत्पादनमा कमी आउने डाँगीले बताए ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २५, २०७१