काठमाडौं, २३ जेठ । कृषि विकास मन्त्रालय मातहत सञ्चालनमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजारमा राखिएको स्टलहरु दबाब र आर्थिक चलखेलका कारण कृषि उपज व्यापारीहरु चर्को मूल्यमा स्टल लिन वाध्य भएका छन् । समितिले आर्थिक चलखेलका कारण ठेक्का उपलब्ध गराउने र ठेकेदारहरुले तरकारी तथा फलफूल व्यापारीहरुलाई चर्को भाडा असुल्ने गरेका छन् । नियमानुसार भन्ने हो भने कालीमाटी फलफूल तथा तरकारी विकास समिति र व्यवसायी वीच सम्झौत भएका व्यक्तिलाई मात्र व्यापार गर्ने दिने नियमलाई लत्याउँदै आर्थिक चलखेल कै कारण सम्झौता विपरित सो बजार सञ्चालनमा आईरहेको छ ।
कालीमाटी बजार भित्र एउटै स्टलको मासिक १० हजार रुपैयाँ तिरेर तरकारी बेच्न वाध्य भएको एक व्यापारीले नाम नबताउने शर्तमा कृषिलाई जानकारी दिएका छन् । तर समितिले भने सो कुरा स्वीकार गर्दैन । समितिका प्रतिनिधिले भने सरकारले आफूहरुलाई कुनै बजेट उपलब्ध नगराउने भएकाले आफूहरुले त्यहीबाट आएको भाडाबाट नै समिति चलाउनु पर्ने वाध्यता रहेका बताउँछन् । हामीसँग सम्झौता गरेको बाहेक अरुले पसल कवल भाडामा लगाएको आफूहरुसँग प्रमाण नभएको समितिका लेखा शाखा प्रमुख विदुर आचार्यले बताए ।
समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठका अनुसार सो समिति बार्षिक भाडा बापत करीव ५ करोड भन्दा बढी आम्दानी हुने बताए पनि सो खर्च के के हुने भने बताउन चाहेनन् । केही समय अगाडि जलेर नष्ट भएको भौतिक संरचना निर्माणका लागि कृषि विकास मन्त्रालय मातहत रहेका व्यवसायिक कृषि तथा व्यापार आयोजनाले उपलब्ध गराएको भौतिक तथा आर्थिक सहयोगका बारेमा भने समितिले बोल्न चाहेको छैन । यसले के प्रष्ट पार्दछ भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति अझै पनि पारदर्शि हुन चाहिरहेको छैन । समिति भित्रको आर्थिक चलखेलका कारण नै साना व्यापारीहरु मर्कामा परेकाले छानविन हुनु जरुरी छ । कमला नेपाल
कालीमाटी फलफूल बजारको पाँच करोड पारदर्शि भएन

Add Comment