शनिबार, अशोज १३, २०८०

कृषि उद्यम केन्द्रले दिँदैन सूचना

काठमाडौं, २० जेठ । एक गाउँ एक कृषि उत्पादनका लागि सक्रिय देखिएको नेपाल उद्योग बाणिज्य महासंघ मातहत रहेको कृषि उद्यम केन्द्रले उसले गरेका गतिविधिहरुका बारेमा सूचना दिन छाडेको छ । कृषिलाई व्यवसायिकरण गर्नु पर्दछ भन्ने सोचले उद्योग बाणिज्य महासंघ मातहतमा सञ्चालनमा आएको कृषि उद्यम केन्द्रले निजी क्षेत्रलाई कृषिमा लगानी गर्ने उत्साहित गर्ने गरी काम गरेको बताएको छ । तर, सो केन्द्रले विदेशी दातृ निकायहरुको सहयोगमा सञ्चालन भएका कार्यक्रमहरुका बारेमा भने सूचना लुकाउन थालेको छ ।
कृषि उद्यम केन्द्रमा कार्यरत कर्मचारीहरु सो विषयमा कार्यकारी निर्देशक प्रदीप महर्जन बाहेक अरुलाई थाहा नहुने बताउँछन् । एक गाउँ एक उत्पादन कार्यक्रमको जति चर्चा हुने गरेको छ । त्यो यथार्थमा भने धेरै नै कम भएको र ग्रामिण भेगका किसान र कृषि व्यवसायमा संलग्न हुनेहरुलाई कृषि उद्यम केन्द्रले खासै उत्साहित नगरेको देखिन्छ । कृषि उद्यम केन्दले नै सूचना लुकाउन थालेपछि अन्यत्रबाट कृषि सन्वन्धि सूचना कसरी पाइएला ? के कृषि उद्यम केन्द्रमा जानकारी लिनका लागि कार्यकारी निर्देशक प्रदीप महर्जन नै चाहिने नियम बनाएको छ र ? यदि होइन भने त्यहाँ कार्यरत कर्मचारीहरुले सूचना जानकारी दिन चाहँदैनन् ?

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २०, २०७१