बिहिबार, अशोज ११, २०८०

कृषकको विचार र चिन्तनमा परिवर्तन गर्नुपर्छ – मन्त्री पराजुली

हेटौँडा, २० जेठ । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले कृषकले आफ्नो चिन्तनमा परिवर्तन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय पारिवारिक वर्षको उपलक्ष्यमा जिल्ला कृषि विकास समन्वय समिति मकवानपुरद्वारा आयोजित एक कार्यक्रममा उनले खेती गर्ने पुरानो प्रणालीलाई कृषकहरूले परिवर्तन गर्नुपर्ने बताए । सो अवसरमा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले राष्ट्रलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन मन्त्रालयले दीर्घकालीन योजना तर्जुमा गर्न लागेको बताए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २०, २०७१