मङ्लबार, जेष्ठ १५, २०८१

प्रांगारिक कृषि उत्पादन पनि संक्रमणकालिन अवस्थामा छ : महेश्वर घिमिरे, अध्यक्ष, सेकार्ड नेपाल

interview

सेकार्डले किन कृषि क्षेत्रमा आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
प्राचिनकालदेखिको कुरालाई जोड्ने हो भने कृषि जीवनको मूल आधार हो । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने विकास भएपनि नभएपनि सम्भावना बोकेको क्षेत्र भनेको कृषि नै हो । साथै कृषि क्षेत्र अत्यन्तै फराकिलो क्षेत्र पनि हो । मुलुकको आर्थिक मेरुदण्डको एक ठूलो हिस्सा भनेको कृषि क्षेत्र नै भएकाले हामीले आफ्नो स्थापना कालदेखि नै कृषिकै विकासका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छौं ।
एउटा गैरसरकारी संस्थाका नाताले कृषि क्षेत्र त्यसमाथि पनि प्राङ्गारिक कृषि उत्पादनमा नै जोड दिनु भएको छ के कारण छ ?
कारण केही पनि छैन । नेपालको भविष्य भनेकै प्राङ्गारिक कृषि उत्पादनबाट मुलुकलाई समृद्ध तुल्याउन सकिन्छ भन्ने हाम्रो सोच हो । त्यही अनुरुप पनि हामीले आफूहरुलाई प्राङ्गारिक कृषिमा नै जोड दिएका छौं । नेपालको भौगोलिक अवस्थाका कारण यान्त्रिकरण गर्छु भन्ने हो भने पहाडी क्षेत्रमा त्यो हा“सोको कुरा मात्र बन्न सक्छ । प्राकृतिक स्रोत जोगाउने अहिलेसम्मकै उपाय मध्ये एउटा उपाय प्राङ्गारिक खेती पनि यो हुन सक्छ । यसले हामीलाई मात्र नभएर हाम्रा पुस्तालाई पनि केही जोगाईदिन्छ भन्ने एउटा पाटो हो । अर्को पाटोको रुपमा छिमेकी राष्ट्रबाट अध्ययन गर्नेहरुका लागि पहाडि कृषिको बारेमा जानकारी गराउन र कृषि पर्यटन बढाउनका लागि पनि प्राङ्गारिक कृषि उत्पादनले ठूलो टेवा दिन्छ । तेस्रो कुरा के हो भने प्राङ्गारिक कृषिको बजारीकरणका लागि हाम्रो छिमेकी राष्ट्र भारत मात्र होइन अन्य देशहरुमा पनि खपत गराउन सकिन्छ । गुणस्तरलाई ख्याल गर्ने हो भने हाम्रा किसानहरुले उत्पादन गरेका प्राङ्गारिक कृषि उपजहरुका कारण हामीले स्वरोजगार मात्र होइन विदेशी मुद्रा आर्जन गर्न पनि ठूलो भूमिका खेल्न सक्छौं त्यही भएर पनि हामीले यसतर्फ आम किसानहरुलाई सक्रिय तुल्याउनका लागि अगाडि बढिरहेका छौं ।
पछिल्लो समयमा प्राङ्गारिक कृषि उत्पादन तर्फ किसानहरु भन्दा पनि अन्य लगानीकर्ताहरु उत्साहित भएको पाइन्छ । बुझेर गरिरहेका छन् वा कसैले भनेको भरमा कुदिरहेका छन् ?
संसारमा विभिन्न खाले प्राङ्गारिक उत्पादनका मापदण्ड र नियम कानूनहरु छन् । नियम र कानूनकै आधारमा ती देशहरुमा उत्पादन भएका कृषि उपजहरुलाई प्राङ्गारिक उत्पादनको प्रमाणपत्र दिइन्छ । तर नेपालमा जसरी मुलुक संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ , त्यसैगरी नेपाली कृषि क्षेत्र भित्र प्राङ्गारिक कृषि पनि संक्रमणकालिन अवस्थामा नै रहेको छ । वास्तवमा भन्ने हो भने सही सूचनाको अभावमा मानिसहरु प्राङ्गारिकका नाममा दौडिरहेका छन् । बजारमा प्राङ्गारिक उत्पादन भन्ने गरिन्छ तर कसले प्रमाणित गरिदिने हो त्यो अझै पनि अन्योलको विषय छ । हामी विश्वासका आधारमा प्राङ्गारिक कृषि उत्पादन भनेर खरिद गरिरहेका छौं । नेपालको बजारमा विक्री वितरण भईरहेका कृषि उपजहरु प्राङ्गारिक हो भन्ने प्रमाण के हो त ? कि त तपाईले देखेको वा जानेको हुनु प¥यो वा कृषि उत्पादन गर्ने किसानहरुका बारेमा जानकारी हुनु प¥यो कि भने सरकारी निकायले यो उत्पादन प्राङ्गारिक उत्पादन हो भनेर भनिदिनु प¥यो । प्राङ्गारिक हो वा होइन भन्ने पहिचानका लागि यहा“ उल्लेख गरेका विषय बाहेक प्रमाणीकरण निकायबाट प्रमाणित भएको प्रतीक चिन्ह भएमा सो उत्पादनलाई प्राङ्गारिक मान्न सकिन्छ । तर यो मात्र पर्याप्त छैन । त्यसकारण हामीले मुखले भजाएरै प्राङ्गारिक बनाएका छौं र मानिसहरुले प्राङ्गारिक कृषिलाई हावामा दौडाईरहेका छन् । तर नेपालमा प्राङ्गारिक कृषि उत्पादनहरु पनि प्रशस्त नभएका होइनन् भएका छन् ।
यहाँ स्वयं १४ बर्षदेखि प्राङ्गारिक कृषि उत्पादनको निरीक्षकका रुपमा नेपाल लगायतका देशमा काम गरिरहनु भएको छ । नेपालको अवस्थामा प्राङ्गारिक कृषि उत्पादन त्यत्ति सहज छ त ?
सरकारी तथा गैरसरकारी क्षेत्र जो कोही आएर भएपनि प्राङ्गारिक उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्नु पर्दछ । प्राङ्गारिक कृषि उत्पादनका नाममा ठगी खानेहरुलाई राज्य तथा गैरसरकारी संस्थाहरुका तर्फबाट सहयोग गर्नु भएन । प्राङ्गारिक कृषि संक्रमणकालिन अवस्थामा रहेकाले हामी उपभोक्ताहरुले सजग र सचेत भएर प्राङ्गारिक हो की होइन बुझेर मात्र खरिद गर्नु पर्दछ ।
नेपाली किसानहरु प्राङ्गारिक कृषि उत्पादनका लागि कत्तिको सजग छन् त ?
भविष्यमा नेपाल प्राङ्गारिक कृषि उत्पादनमा नगै सुख नै छैन । किनभने हाम्रो स्वास्थ्य र हाम्रो आफ्नै प्रयोजनका लागि पनि प्राङ्गारिक कृषि खेती नै गर्नु पर्दछ । अन्य राष्ट्रले प्रविधिमा फड्को मारेको भएपनि ती प्रविधि हामीस“ग नहुन सक्छ । तर यहा“ प्रविधि भित्र्याउन हामीले आफूस“ग भएको स्रोत र साधनको भरपुर प्रयोग गर्न सक्यौं भने पनि हामीले हाम्रा उत्पादनलाई ती राष्ट्रहरुमा पु¥याउन सक्छौं । नेपाल सरकारले प्राङ्गारिक कृषि मापदण्ड निर्देशिका तयार पारेको छ । सो मापदण्ड अनुसार उत्पादन गर्न सक्ने हो भने भोली प्रतिष्पर्धामा जान सक्ने अवस्था छ । कृषि प्रधान देश भएका कारण र बहुसंख्यक जनता कृषिमा निर्भर रहेका कारण पनि हामी प्राङ्गारिक कृषि उत्पादन सजिलै निर्यात गर्न सक्छौ“ भनेर किसान धेरै सजग भईसकेका छन् । तर अब सरकारी एवं गैरसरकारी क्षेत्रहरु पनि किसानहरुलाई थप सजग गराउन तर्फ लाग्नु पर्दछ ।
तर प्राङ्गारिक कृषि उत्पादनका लागि लागत मूल्य बढी छ त्यसकारण पनि धान्न सकिंदैन भन्छन नि त ?
खर्चिलो हुन सक्छ तर त्यसका लागि सरकारले केही अनुदानको व्यवस्था गरिदिनु पर्छ । शुरुका दुई तीनबर्ष खर्चिलो हुन सक्छ भने हामीले हाम्रो कृषि उत्पादन गर्ने माटोमा रसायनिक बिषादीका कारण माटो ध्वस्त पारिसकेका छौं त्यसकारण त्यसलाई प्राङ्गारिक बनाउका लागि लाग्ने समयम कम्तिमा तीन बर्ष लाग्छ त्यस समयसम्म लगानी बढ्छ । त्यसका लागि सरकारले विभिन्न आयोजनाहरु संचालन गरेर किसानलाई राहतको प्याकेज दिने काम गर्न सक्यौं भने त्यसपछिको बर्षहरुमा भने लागत मूल्य बढ्दैन किसानहरु फाइदामा नै जान्छन् ।
सरकारले के गर्न सक्छ त ?
सरकारले केवल मध्यस्तता गरिदिए पुग्छ । सरकारले सवै काम गरिदिन सक्दैन । नीति नियम बनाईदिने र त्यसलाई कार्यान्वयन गर्ने काम सरकारले गरिदिने हो र स्रोतको व्यवस्था गरिदिएर स्रोत र साधन सदुपयोग भएको छ कि छैन हेरे पुग्छ । कसकसले कुन कुन क्षेत्रमा प्राङ्गारिक कृषि उत्पादनमा काम गरिरहेको छ भन्ने कुरा सरकारका सम्वन्धित निकायसम्म जानकारी भईरहनु पर्दछ । जसले समन्वयकारी भूमिका खेल्नका लागि मद्दत पुगोस् । सरकारले त्यत्ति गरिदिए पनि प्राङ्गारिक कृषि उत्पादनका लागि ठूलो टेवा पुग्न सक्छ ।
समस्या कहा“ छ त ?
प्रविधि नै ठूलो समस्या छ । हामी विदेशी प्रविधिको कुरा गर्दछौं तर हामीले हाम्रै देशमा बनेका प्रविधिको प्रचलन नै छैन । नेपालको कृषि अनुसन्धान परिषद्ले ठाउू सुहाउूदो जान र बालीको अनुसन्धान गरेको छ ती कुराहरु किसानहरुलाई दिन सक्नु प¥यो । ती कुराको अनुसन्धानका क्रममा किसान र गैरसरकारी संस्थाहरुलाई पनिसूगै लान सक्यो भने सजिलो पनि हुन्छ । आफ्नो स्टेशनमा मात्र अनुसन्धान गर्दा किसानले विश्वास नगर्न सक्छ तर त्यही कुरा किसान कै खेतमा अनुसन्धान गर्ने हो भने त्यसले प्रभावकारी भूमिका खेल्न सक्छ ।
हाम्रो प्राङ्गारिक उत्पादनलाई अन्तर्राष्टिूय जगतसूग कसरी जोड्न सक्छौं त ?
यो मुलुक हिमालको देश हो । हामीले उत्पादन गरेका प्राङ्गारिक कृषि उत्पादनलाई अमेरिका, चीन, जापान,कोरिया लगायतका ठूला देशमा हिमाली देशको प्राङ्गारिक उत्पादनका नाममा गुणस्तरीय उत्पादन पस्कन सक्यौं भने हामीले सोचेको भन्दा धेरै उपलब्धि हुन्छ । सकारात्मक सोचले जान सक्यो भने हाम्रो नेपाली प्राङ्गारिक कृषि उत्पादनलाई विश्व माझ पु¥याउन सक्छौं ।
प्राङ्गारिक कृषि उत्पादन गर्न खोजेका किसानहरुलाई के भन्नु हुन्छ ?
रसायनिक मल तथा बिषादी प्रयोग गरिरहेका किसानहरुलाई एकैचोटी प्राङ्गारिक खेतीमा जाउ भन्ने हो भने सकिन्न । विस्तारै विस्तारै रसायनिक प्रयोगलाई न्यूनिकरण गर्दै लगेर प्राङ्गारिक खेती तर्फ जानुस् कुरा सुनेर मात्र भन्दा पनि बुझेर मात्र प्राङ्गारिक कृषि उत्पादनमा लाग्नु भयो भने पक्कै पनि कृषिले व्यवसायिकता हासिल गर्न सक्छ जसले हाम्रो कृषिालाई अन्तर्राष्टिूय क्षेत्र पु¥याउने मद्दत पुग्छ  -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, जेष्ठ १९, २०७१