बिहिबार, बैशाख १३, २०८१

तिरस्कृत दृष्टिकोणका कारण युवाहरु पलायन :मुख्य सचिब

काठमाडौ,१८ जेठ। कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनु पर्नेमा मुख्य सचिब लिलामणि पौडेलले जोड दिएका छन् । पछिल्लो समयमा कृषि पेशामा युवाहरुको संलग्नता बढ्दै गएकोका खुशी व्यक्त गदै मुख्य सचिव पौड्यालले श्रमलाई सम्मापन गर्न पनि आग्रह गरेका छन् ।
दुग्ध विकास बोर्डद्धारा आयोजित विश्व दूध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई कार्यक्रमलाई सम्वोधन गर्दैै कृषि पेशलाई तिरस्कृत दृष्टिकोणले हेरिएकै कारण दैनिक सयौंको संख्यामा युवाहरु खाडी मुलुक जान वाध्य भएकाले कृषिमा लागेका युवाहरु मात्र होइन सम्पूर्ण किसानहरुलाई नै सम्मानजनक दृष्टिकोणले हेर्न सुझाव समेत दिनु भयो ।
ddकार्यक्रममा बोल्दै कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले दूधको उत्पादन बढाउनका लागि नयाँ नयाँ योजनाहरु ल्याएको बताउँदै दूध तथा मासुजन्य उत्पादनमा बृद्धि गर्नका लागि १० जिल्लामा बृहत्तर गाईभैसी कार्यक्रम, ५ जिल्लामा गाईभैसी स्रोत केन्द्र तथा गोठ सुधार कार्यक्रम, ४० जिल्लामा उन्नत नश्लको गाईभैसी उत्पादन र २५ जिल्लामा धाँसेबाली कार्यक्रम सञ्चालनमा ल्याएको समेत बताउनु भयो ।
सो कार्यक्रममा दुग्ध क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रममा कृषि पत्रकार तर्फ अन्नपूर्ण पोष्टका कृषि पत्रकार राजेश बर्मा सम्मानित भएका छन् ।

 

प्रकाशित मिति: आइतवार, जेष्ठ १८, २०७१