शनिबार, अशोज १३, २०८०

ज्ञान भैरवले ल्यायो अर्गानिक मल

fertilizer1

काठमाडौं १६,जेठ । केही समय अगाडि कृषि विकास कार्यालय काठमाडौंले आफ्नो जिल्लालाई अर्गानिक कृषि उत्पादनको पकेट क्षेत्र बनाउने सोच लिएको धारणा सार्वजनिक गरेको थियो । अर्गानिक उत्पादनका लागि विस्थापित भएका पशुपालन व्यवसायलाई पुर्न सञ्चालनमा ल्याउने खालका योजना बनाएको भएपनि पशुपालन व्यवसाय जति फस्टाउनु पर्ने हो त्यो हुन नसकी विस्तारै विस्तारै लोप हुने अवस्था देखिएको छ । पशुपालन व्यवसाय विस्थापित हु“दै गईरहेका बेला मुलुकभर अर्गानिक उत्पादनका लागि सहज बनाउने हेतुले ज्ञान भैरव इन्टरनेशनलले किसानहरुका लागि सर्वसुलभ दरमा थाईल्याण्डमा उत्पादन भएको अर्गानिक मलको विक्री शुरु गरेको छ ।
कृषि विकास मन्त्रालयको स्वीकृतिमा नार्कद्धारा प्रमाणित गरिएको थाईल्याण्डबाट झिकाईएको ल्बm म्यप ःबष् नामक अर्गानिक मलको आधिकारीक विक्रेता ज्ञान भैरव रहेको छ । दुई बर्ष अगाडि नै ल्याउने तयारी गरिएको सो अर्गानिक मल झण्झटिलो प्रशासनिक प्रक्रियाका कारण ल्याउन कठिनाई भएको भएपनि कृषि विकास मन्त्रालयको सहयोगमा हाल थाईल्याण्डबाट आयात गरी मुलुकभर विक्री वितरण भईरहेको सो कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६, २०७१