सोमवार, अशोज १५, २०८०

उँधो गतितिर कृषि विभाग

काठमाडौं, १६ जेठ । कृषि विभागको महानिर्देशक हुनका लागि जिल्ला स्तरको प्रमुख, क्षेत्रीय स्तरको निर्देशक विभाग स्तरको उपमहानिर्देशक हुँदै महानिर्देशक हुने परम्परालाई तोडी सिधै टुरिष्ट सहसचिवलाई जिम्मेवारी दिदा विभागको घरभित्र बसेर इमान्दारपूर्वक काम गरि महानिर्देशक हुन खोजिरहेका उपमहानिर्देशकहरु यतिखेर मुटु माथि ढुङ्गा राखेर हाँस्न थालेका छन् ।
Uabak dhwaj GCविभागमा कार्यरत एक उपमहानिर्देशक आफू पहिलाका मन्त्री टेकबहादुर थापाका पालामा नै महानिर्देशक हुन खोजेको हुँदा हुँदै पनि नसकेपछि वर्तमान मन्त्री पराजुलीलाई खुवै रिझाउने प्रयास गर्दा समेत आफूलाई महानिर्देशक नबनाएपछि विभागमा काम गर्न झिझो मान्न थालेका छन् । काम भन्दा राजनीति ठूलो देखियो त्यसैले विभागमा काम गर्नुको कुनै तुक छैन उनको धारणा छ ।
यतिखेर कृषि विभागको महानिर्देशकमा युवकध्वज जिसीलाई ल्याएपछि कृषि मन्त्री माथि धेरै प्रश्नहरु उठ्न थालेका छन् । राजनीतिक आस्थाकै आधारमा महानिर्देशक बनाईएको भन्ने हो भने पनि महानिर्देशक बन्नका लागि योग्य मानिएका बाली विकास निर्देशनालयका निर्देशक डा। सुरोज पोख्रेल पनि एमाले कै हस्ति कार्यकर्ताका रुपमा गनिन्छन् । तर त्यसो नभई कनिष्ठ जिसीलाई महानिर्देशकमा ल्याउनुको कारण खोजीको विषय बनेको छ । कृषि विभागमा कनिष्ठ जिसीलाई महानिर्देशक नियुक्त गरेपछि मन्त्री पराजुलीका विषयमा एमालेको भातृसंगठन भित्र पनि बहश शुरु भएको छ ।
आर्थिक चलखेलमा निकै माहिर मानिएका नवनियुक्त महानिर्देशक युवकध्वज जिसी बाली संरक्षण निर्देशनालयमा रहँदा गरेका कर्तुतहरुबाट दिक्क भएका उनका सहपाठीहरु बीच उनकै चर्चा हुन थालेको छ । जिसी महानिर्देशक भएपछि कृषि विभाग ओरालोतर्फ लागेको मन्त्रालयदेखि जिल्लातहसम्मका कर्मचारीहरु वीच छलफलको विषय बन्न थालेको छ । जिसीले सो निर्देशनालयमा रहदा आर्थिक चलखेल कै कारण विदेशी दातृ निकाय विश्व खाद्य संगठन ९एफएओ० को नेपाल स्थित कार्यालयका शाह थरका उच्च कर्मचारीहरु समेत जिसीसँग रुष्ट बनेका थिए भने त्यही कारण कतिपय आउन लागेका आयोजनाहरु समेत फिर्ता भएको स्रोतको दावी छ । यस्ता महानिर्देशक कृषि विभागमा रहि रहने हो भने कृषि मन्त्री मात्र होइन उनलाई ल्याउने गृहमन्त्री बामदेव गौतमको नाम समेत बदनाम हुन बेर छैन ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६, २०७१