मङ्लबार, बैशाख ११, २०८१

परम्परागत घारबाट मह उत्पादनमा कमी

काठमाडौं, १३ जेठ । व्यावसायिक रुपमा मौरी पाल्नका लागि एपिसमेलिफेरा उपयुक्त हुने विज्ञले बताएका छन् । विगतका वर्षमा खेती किसान र पशुपालन व्यवसायलाई अँगाल्दै आएका कृषक पनि आजभोलि मौरीपालन व्यवसाय गर्न आकर्षित भएका छन् ।

व्यवसायीलाई कुन मौरी व्यावसायिकरुपमा पाल्न राम्रो हुने भन्ने ज्ञान नहुँदा आवश्यताअनुरुप मह उत्पादन हुन नसकेको मौरीपालन विकास शाखा गोदावरीका प्रमुख साबित्री बरालले बताउनुभयो ।
हाल नेपालमा एपिसेराना र एपिसमेलिफेरा दुई जातका मौरी व्यावसायिकरुपमा पाल्ने गरिएको छ । एपिसेराना परम्परागतरुपमा पालिने मौरी हो भने हाल आएर व्यावसायिक रुपमा एपिसमेलिफेराको पाल्ने क्रम बढेको छ । bee
एपिसेराना लामो समयदेखि प्रचलनमा रहेको भएपनि एपिसमेलिफेरा जातको मौरी नेपालमा प्रयोग हुन थालेको २० वर्ष मात्र भएको छ । विसं २०५० मा भारतबाट ल्याएर व्यावसायिकरुपमा सुरु गरिएको हो ।
एपिसमेलिफेरा मौरीलाई पाल्नको लागि नेपालको भित्री मधेश र तराईमा उपयुक्त हुने मौरीपालन विकास शाखाका बाली संरक्षण अधिकृत सीताराम ढकालले बताउनुभयो ।
उहाँका अनुसार सो एपिसेराना जातको मौरी विशेषगरी तराईको केही भाग र मध्यपहाडमा व्यावसायिकरुपमा पाल्ने गर्दछन् ।
ढकालले एपिसेराना जातको एउटा घारले एक वर्षमा २५ देखि ३० केजी मह उत्पादन गर्न सक्दछ भने एपिसमेलिफेरा जातको मौरीबाट एक वर्षमा ५० देखि ६० केजी मह उत्पादन हुने गरेको छ ।
परम्परागत घारमा एपिसमेलिफेरा मौरीलाई राख्दा मौरी अनुकूल नहुने भएकाले मह उत्पादनमा वृद्धि हुन सक्दैन ।
दुवै जातका मौरीले मह उत्पादन गर्ने मौसम असोज, कात्तिक, मङ्सिर, फागुन, चैत र वैशाख महिना रहेको र बाँकी अन्य महिनामा फूलको अभावले गर्दा मह उत्पादन गर्न सक्दैनन् ।
प्रमुख बरालका अनुसार हाल नेपालमा मुडे र खोपाका घार अर्थात परम्परागत घारमा ६९ हजार १६८ गोला रहेको हुन्छ भने आधुनिक ६० हजार घार रहेको छ । परम्परागत एउटा घारमा २० देखि ३० हजार मौरी रहन सक्छ भने आधुनिक घारमा ५० देखि ६० हजार मौरी रहन सक्छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १३, २०७१