शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय कृषक समूह महासंघमा पुन : अधिकारी

काठमाडौं, १३ जेठ । साना किसानको अभियान, किसान मैत्री संविधान मूलनारा लिएर शुरु भएको किसानहरुको नेता छान्न काम सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघको केन्द्रीय अध्यक्षमा अर्को एक कार्यकालका लागि पुन ः उद्धव अधिकारी सर्वसम्मतले निर्वाचित हुनु भएको छ ।

किसानहरुको साझा संगठन नभईरहेको चर्चा चलिरहेका बेला महासंघले किसानका पक्षका वकालत गर्ने आशा लिइएको छ । महासंघको पाँच जना उपाध्यक्षमा क्रमशः ओमकृष्ण श्रेष्ठ, भक्त बहादुर बस्नेत, पन्तकाजी श्रेष्ठ, चित्रनाथ पौडेल, हर्कबहादुर थापा छन् भने महासचिवमा नवराज बस्नेत, सचिवमा रामहरि शर्मा र कोषाध्यक्षमा रीता बस्ताकोटी सर्वसम्मतले चयन हुनु भएको छ ।
महासंघको दुई दिनसम्म चलेको महाधिबेशनले ४१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १३, २०७१