काठमाडौँ, ११ जेठ । साना किसानको अभियान, किसान मैत्री संविधान नारा सहित राष्ट्रिय कृषक समूह महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिबेशन आजबाट शुरु हुँदै छ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सो अधिबेशनमा नेपालभरबाट किसानहरुको सहभागीता रहेको छ । आज र भोली हुने सो महाधिबेशनमा बाजा गाजा सहितको ¥याली राष्ट्रिय सभागृहबाट शुरु भएको छ । सो ¥याली भृकुटीमण्डप, भद्रकाली, शहिदगेट, रत्नपार्क हुँदै सभागृहमा आएर टुङ्गिने अध्यक्ष उद्धव अधिकारीले कृषि अनलाईनलाई बताएका छन् ।
किसानहरुको महाधिबेशन आजबाट

Add Comment