शुक्रबार, चैत्र १६, २०८०

पचहत्तर प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिँदै

सुर्खेत, १० जेठ । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले किसानका लागि विशेष अनुदानमा मकैको बीउ वितरण प्रक्रिया सुरु गरेको छ ।

जिल्लालाई मकैमा आत्मनिर्भर बनाउनका लागि हाडी वृहत्तर मकैबाली कार्यक्रमअन्तर्गत यस वर्ष जिल्लाका किसानलाई मकैको बीउ वितरण प्रक्रिया सुरु गरिएको हो ।
कार्यालयका अनुसार जिल्लामा मकै उत्पादनका हिसाबले पकेट क्षेत्रका रूपमा रहेका गाविसमा उन्नत जाउका मकैको बीउ वितरण सुरु गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले मकै उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहेका यहाँका गढी, कुनाथरी, कल्याण, राकम, बजेडी चौर, गुमी र मैनतडालगायतका गाविसका किसानलाई उन्नत जातका मकैको बीउ वितरण प्रक्रिया सुरु गरेको छ । seed of conr
कार्यालयले किसानलाई ७५ प्रतिशत अनुदानमा १५० क्विन्टल बीउ उपलब्ध गराउने लक्ष्य राखेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले जानकारी दिनुभयो ।
अधिकृत गिरीका अनुसार उन्नत जातको मकैको बीउ वितरण कार्यक्रमअन्तर्गत हालसम्म १०० क्विन्टल बीउ वितरण गरिसकिएको छ ।
किसानलाई देउती, मनकामना ३, रामपुर कम्पोस्टी, अरूण २, पोसिलो १ लगायतका उन्नत जातको मकैको बीउ वितरण प्रक्रिया चलिरहेको गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १०, २०७१