शनिबार, जेष्ठ १२, २०८१

म्याग्दी फौजी कीराको प्रकोप

म्याग्दी, ८ जेठ । एक हप्तायता बढेको गर्मीसँगै म्याग्दीका किसानले लगाएको बर्खे बालीमा फौजी कीराको प्रकोप देखिन थालेको छ ।
जिल्लाको उत्तरी र पश्चिमी क्षेत्रका गाविसमा गरिएको मकै, आलु र तरकारीखेतीमा फौजी कीराको प्रकोप बढेको हो । घार, दाना, बाबियाचौर र ताकममा फौजी कीराको समस्या देखिएको कृषकले बताएका छन् । pauje kira
पानी पर्न छाडेपछि देखिन थालेको फौजी कीराले खेतबारीमा लगाएको मकै, आलु तथा गोलभँेडा, बन्दा, काउलीलगायत तरकारीको पात खाएर नष्ट गर्न थालेको बाबियाचौरको सिमलचौरका कृषक शान्तराज पौडेलले बताउनुभयो ।
दाना र घार गाविसमा देखिएको फौजी कीरा नियन्त्रणका लागि आवश्यक विषादी र प्राविधिक परिचालन गरिसकिएको जानकारी दिँदै वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जिल्लाका अन्य ठाउँमा पनि फौजी कीराले सताउन थालेको खबर आएको बताउनुभयो । फौजी कीराको समस्या देखिएमा कृषकले सम्बन्धित सेवा केन्द्र अथवा कार्यालयमा जानकारी गराएमा नियन्त्रणका लागि सहयोग गरिने अधिकृत श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ८, २०७१