बिहिबार, अशोज ११, २०८०

पशु स्वास्थ्यकर्मी दुई टुक्रा

काठमाडौं, ७ जेठ । नेपालको पशु सेवाका क्षेत्रका क्रियाशील प्राविधिकहरुको संस्था नेपाल पारा भेटेरनरी एण्ड लाइभस्टक एशोसिएसन आठौं अबिधेशन सकिन नपाउँदै टुक्रिएको छ । देशभरका एकजहार पाँचसय भन्दा बढी प्रतिनिधिहरुको संलग्नतामा आठौं राष्ट्रिय महाधिबेशन गर्ने क्रममा मतभिन्नता भए लगतै टुक्रिएको बताएको छ । साझा संस्थाका रुपमा स्थापना गरिएको नेभ्ला टुक्रियएर नेल्टा भएको बताइएको छ । नेभ्लामा अध्यक्ष पूर्णबहादुर बुढा नै रहेका छन् भने नेल्टाका संयोजक भने चिनेश्वर मेहता रहेका छन् ।
राजनीतिबाट टाढा रहेर किसानको सेवा जुट्नु पर्ने पशु स्वास्थ्यकर्मीहरु वीचमा राजनीतिक हस्तक्षेप बढ्न थालेपछि संस्था चोइटिन पुगेको छ । राष्ट्रिय सभागृहमा सम्पन्न आठौं अधिबेशनमा अध्यक्षका उम्मेदवार एमाले निकट पूर्णबहादुर बुढा र नेपाली कांग्रेस निकट मानिएका जनक रावलले प्रतिष्पर्धा गरेका थिए । अधिबेशनमा जनक रावल पराजित भई पुर्णबहादुर बुढाले जितेका थिए । महाधिबेशनका कृषि मन्त्री हरिप्रसाद पराजुली र गृहमन्त्री बामदेव गौतमका कार्यकर्ताहरुले हस्तक्षेप गरी पूर्ण बहादुर बुढालाई विजयी बनाएको जनक रावल पक्षको आरोप छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ७, २०७१