बुधबार, बैशाख १२, २०८१

धानबाली कार्यशालामा सचिव खनाल

नयाँ दिल्ली, ७ जेठ । किसानहरुका लािग सरकारले केही गर्न नसकिरहेको आवाज तीव्र रुपमा उठिरहेका बेला नेपाली कृषि उत्पादन बढाउन तर्फ विदेशी दातृ निकाय सक्रिय रहेका देखिन्छन् । विदेशी दातृ निकायहरुकाले गरेको खर्च समेत पारदर्शित नभएको प्रश्न यतिखेर उब्जिन थालेको छ । कृषि विकास मन्त्रालयलाई किसानहरुको मन्त्रालयका रुपमा विकसित गर्नु पर्ने सोचमा उभिएर किसानका खेतबारी पुग्ने कृषि सचिव जयमुकुन्द खनालले कृषि बीमा कार्यान्वयन गराउन अहोरात्र खटिरहेपनि त्यसले सार्थकता पाउन सकेको छैन ।jayamukund-khanal-300x250
तैपनि नेपाली किसानहरुलाई कृषि उत्पादनमा नै सक्रिय तुल्याएर आयस्तर बृद्धि गर्नु पर्ने कुरामा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाल लागि परिरहनु भएको देखिन्छ । गतबर्षमात्र भक्तपुर लगायतका जिल्लामा धानबालीमा देखा परेको प्रकोपका कारण धेरै नै किसानहरुले दुख व्यहोर्नु परेको थियो । तिनै मारमा परेका किसानहरुलाई राहत उपलब्ध गराउन मन्त्रालय मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेका सचिव खनाल यतिखेर प्रकोप सहन गर्न सक्ने धानबाली सम्वन्धि कार्यशाला गोष्ठिमा सहभागी हुन भारतको नयाँ दिल्ली आईपुग्नु भएको छ ।
अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्थाको आयोजनामा भईरहेको अफ्रिकी तथा दक्षिण एशियाका लागि प्रकोप सहन सक्ने धानबाली सम्वन्धि उच्चस्तरीय कार्यशालामा नेपालको प्रतिनिधित्व गर्दै सचिव खनाल सहभागी गर्नु भएको हो । जेठ ८ गतेसम्म चल्ने उक्त कार्यशालामा नेपालको धानबालीको वर्तमान अवस्था र त्यसको विकासका लागि मन्त्रालयले गरेका पहलका बारेमा कार्यपत्र समेत पेश गर्ने खुल्न आएको छ ।
सचिव सहभागीता भएको यो कार्यशालाले नेपाली किसानहरुका लागि ठूलो राहतपुग्ने र मुख्य बाली धानबालीमा विकास हुने अपेक्षा गरिएको छ । लोकेश शाह, नयाँदिल्ली ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ७, २०७१