शुक्रबार, बैशाख ७, २०८१

उखु मिल बन्द

विराटनगर, ५ जेठ । छब्बिस लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेपछि सुनसरीको अमाही बेलामा रहेको इस्टर्न सुगर मिल आजबाट बन्द भएको छ ।

यस वर्ष सुनसरी र मोरङको ११ हजार ६०० बिघा जमिनमा किसानले उखुखेती गरेको सो मिल प्रशासनले जनाएको छ ।
यही पुस १६ गतेबाट उखुको कटानी ढुवानी तथा क्रसिङ भएको उक्त मिल बन्द गरिएको हो ।
करिब पाँच महिनासम्म सञ्चालनमा रहेको इस्टर्न सुगर मिलले फागुन १५ गतेसम्ममा रु ५५ करोड उखु बिक्री गरेबापत किसानलाई भुक्तानी गरिसकेको छ । थप भुक्तानी क्रमशः दिने तयारी भइरहेको बुझिएको छ ।
सुनसरी र मोरङका खेतमा लगाइएको सम्पूर्ण किसानको उखु आजसम्म ढुवानी गरेको र खेतमा उखु कटानी र ढुवानी सकिएपछि मिल आजबाट बन्द भएको मिलका उखु प्रबन्धक सुरेश मेहताले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मिलको परम्परा छ, सबै किसानको उखु ढुवानी हामीले जसरी पनि गर्छौं र भुक्तानी पनि क्रमशःदिँदै जान्छाँै जसअन्तर्गत फागुन महिनासम्मको भुक्तानी मिल व्यवस्थापनले दिइसकेको छ ।
नगदे बालीका रूपमा रहेको उक्त खेतीतर्फ किसानको आकर्षण रहेकाले उखुखेती बढ्दै गएको बताइन्छ । विगतमा नौ हजार बिघामा उखुखेती हुँदै आएको थियो ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ५, २०७१