शुक्रबार, चैत्र १६, २०८०

सिताके च्याउखेतीले उद्यमशील बनाउँदै

बागलुङ, ५ जेठ । जिल्लाको भकुण्डे गाविसमा सिताके च्याउको प्रवद्र्धन गर्न थालिएको छ ।जीविकोपार्जनमा सुधार ल्याउन वनमा आधारित उद्यमशील कार्यक्रम सुरु भएको भकुण्डेमा सिताके च्याउखेती स्थानीयको उद्यम नै बन्न थालेको छ ।sitake moosrum
बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत लिवर्डको सहयोगमा सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङले सिताके च्याउको व्यावसायिक उत्पादन तथा बजार प्रवद्र्धनका लागि काम सुरु गरेको हो ।
स्थानीय सामुदायिक वनमा पाइने काठलगायत अन्य स्रोतको उपयोग गरेर सिताके च्याउखेतीलाई व्यावसायिक उद्यमसँग जोड्न खोजिएको सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङले जनाएको छ ।
हाल भकुण्डे गाविसमा मात्रै सात हजार काठका मुढामा सिताके च्याउको खेती गरिएको छ । सिताके च्याउ प्रवद्र्धनका लागि लिवर्ड नामक संस्थाले महासङ्घसँग समन्वय गरेर परियोजना चलाएको हो ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ५, २०७१