बिहिबार, चैत्र १५, २०८०

विषादी प्रयोग न्यूनिकरण गर्न महिला स्वयंसेविका

काठमाडौं, ४ जेठ । मुलुकमा खाद्य संकट बढ्दै गएका कारण आम नेपालीहरुले गुणस्तरीय खाद्य सामग्रीको अभाव खेप्नु परेको काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले बताउनु भयो । काठमाडौं महानगरपालिका जनस्वास्थ्य तथा सामाजिक विकास विभागद्धारा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि सञ्चालित तीन दिने खाद्य सुृरक्षा सम्वन्धि अभिमुखिकरणको समापन समारोहमा कार्यकारी अधिकृत श्रेष्ठले सो कुरा बताउनु भएको हो । Dhan bahadur shrestha
खाद्य सुरक्षाका लागि सरकारले तल्लोतहदेखि नै काम गर्नु पर्ने भएको भएपनि गाउँमा सरकारको उपस्थिति नै नभएको भन्दै श्रेष्ठले सरकारको अनुभूति गर्नका लागि जनता सदरमुकाम मै धाउनु पर्ने वाध्यता रहेको बताउनु भयो । आम नागरिकहरुको स्वास्थ्यका लागि र रसायनिक बिषादी प्रयोग गरिएका खाद्य उत्पादन कारण दिनप्रतिदिन रोग बढ्दै गईरहेको बताउँदै बिषादी प्रयोग रोक्न नसकिए यसले ठूलो संकट निम्त्याउने बताउनु भयो । विषादी प्रयोग न्यूनिकरण गर्नका लागि गाउँ गाउँम रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु उपयोग गर्न सक्नु पर्ने बताउनु भयो । कार्यकारी अधिकृत श्रेष्ठले अन्र्तराष्ट्रिय जगत्मा सामुदायिक बन पछाडि महिला स्वास्थ्य स्वयंसेविकाको चर्चा हुने बताउँदै भविष्यमा स्वयंसेविका खोज्दै राज्य गाउँमा आउनु पर्ने अवस्थाको श्रृजना हुने समेत बताउनु भयो ।
नाईटिङ्गेलको उदाहरण लिँदै कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठ स्वयंसेविकालाई सक्षम बनाउनेृ सकेमात्र आम नागरिकहरुले स्वास्थ्य सेवा पाउने बताउनु भयो । नागरिकले पाउने सेवा सुविधा मध्ये सवैभन्दा बढी आवश्यकता र महत्वपूर्ण कुरा नै स्वास्थ्य रहेकाले नागरिकहरुलाई खाद्य सुरक्षा र गुणस्तरका बारेमा जनचेतना अभिबृद्धि गर्नु पर्ने कुरामा समेत उहाँले आफ्नो धारणा राख्नु भयो ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ४, २०७१