शुक्रबार, चैत्र १६, २०८०

ब्यबसायिक गाईपालन आकर्षण गर्ने नाममा गलत सन्देश प्रवाह भईरहेको छ

काठमाडौं, ४ जेठ। ‘कृषि प्रधान देश नेपाल’ राजनीति गर्नेहरुका लागि उत्कृष्ठ नारा तर, जहाँ कृषि भन्दा पनि कृषक प्रधान रहेका छन् त्यसलाई कृषि प्रधान मुलुक भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि नेपाली कृषि विज्ञहरुको शिर केही मात्रा झुक्ने गरेको छ । परम्परागत कृषि पेशालाई अंगाली रहेका नेपाली किसानलाई व्यवसायिक कृषि गर्नु पर्दछ भन्दैमा वा केही नाम मात्रको अनुदानले कृषिमा व्यवसायिकता लिन्छ भन्नु मूर्खता सिवाय अरु केही पनि हुदैन । नेपाल सरकारले युवाहरुलाई गाईपालनमा आकर्षित गर्नका लागि योजना सार्वजनिक गर्ने गरिरहेको छ । त्यही आयोजना हात पार्नका लागि कहिल्यै पशुपालन नगरेकाहरु र राजनीतिक संरक्षण भएकाहरुले त्यस्ता अनुदान लिन सफल भएका छन् तर वास्तविक रुपमा वास्तविक पशुपालनमा क्रियाशील किसानहरुले भने सँधै दुख र झण्झट बेहोर्नु परेको देखिन्छ ।
नेपालमा गाई पालन हेर्दा जति सजिलो देखिएको छ, काम गर्दा भने सयौंगुणा दुख र कष्ट झेल्नु पर्दछ । त्यसको कारण देशमा बिधमान प्रतिकुल बाताबरण हो भन्छन “डेस्टिनेशन एग्रो फार्म प्रा.लि.” का संचालक प्रदिप राज पन्त । बिभिन्न चुनौतिका बाबजुत पनि झौखेल–८, भक्तपुरमा करिब ५० रोपनी जग्गा भाडामा लिई व्यवसायिक गाई पालन गरिरहेका छन् निज पन्तले । उन्नत जातका ११० एच.एफ. क्रस. ब्रिड गाई को अबउबअष्तथ मा संचालन गर्न तथा श्रोत केन्द्रका रुपमा बिकास गर्न भौतिक संरचाना निर्माण भई हाल ५० % क्षमतामा संचालन भैसकेकोे छ । आगामी आर्थिक बर्ष भित्रमै पूर्ण क्षमता सहितको श्रोत केन्द्रको रुपमा बिकाश गर्ने लक्ष्य लिएका छन पन्तले ।
ब्यबस्थापन बिषयमा स्नातकोत्तर गरेका पन्त, गैरसरकारी संस्थाको जागिर छाडेर आफु सहित ३ जना युवाहरु सहित भक्तपुरको झौखेलमा २ बर्षअगाडिदेखि गाईपालन गर्दै आएका छन । ६ महिनासम्म गाई फार्मको अध्ययन र अनुसन्धान पश्चात फार्म सञ्चालन गरेका पन्तले हालसम्म २ करोडकोे लगानी गरिसकेका छन । cow
नेपाल सरकारले गाईपालन तर्फ आकर्षित त गर्न खोज्यो तर उन्नत जातको गाईका श्रोतहरु नेपालमा नभएको तथा छिमेकि राष्ट्र भारतबाट कानुनी रुपमा आयात गर्न नमिल्ने भएकोले ब्यवसायिक गाईपालन लगानीकर्ताहरुको पहिलो प्राथमिकतामा नरहेको देखिन्छ । सरकारी निकायहरुबाट सहयोग नहुने, सरकारी कृषि प्राविधिकहरुबाट सहयोग नहुने, प्राविधिकहरुबाट आफनो एग्रोभेटबाट महंगोमा औषधीहरु किन्न बाध्य पार्ने मात्र होईन मिति समेत सकिएका औषधीलाई ठिक भन्दै प्रयोगका लागि सिफारिश गर्ने गराउनेसम्मका गैरजिम्मेवार गतिविधि हुने गरेको छ । सरकारी निकायमा बसेर कृषि क्षेत्रको प्रवद्र्धनका लागि खटिएका अधिकृतहरुबाट सरकारी अनुदानमा उपलब्ध गराउन सरकारले पठाएका औषधी गैरकानूनी हिसावले कृषि फार्महरुलाई बेच्ने गरेको प्रमाण समेत भेटिएको छ । यस्तो अवस्थामा लाखौको लगानीबाट स्थापित गरिएका कृषि उद्योगहरुको भविष्य अनिश्चित हुने मात्र होईन यस्ता अवाञ्छित क्रियाकलापले सरकारले लिएको कृषि क्षेत्रको प्रवद्र्धनको लक्ष्यलाई नकारात्मक प्रभाव पार्ने निश्चित छ ।
एकातिर बढ्दो वरोजगारीका कारण देशका आधार स्तम्भ युवा विदेश पलायन भईरहेको सन्दर्भ र अर्कोतिर कृषिजन्य उपजको पनि भयावह आयात प्रतिष्थापन गर्नु पर्ने अवस्थामा सरकारले पनि नीतिगत हिसावले कृषि तथा पशुपालनलाई प्रवद्र्धन गर्ने नीति नै लिएको देखिन्छ । यस्तो अवस्थामा केही उत्साही युवाहरुले देशका विभिन्न क्षेत्रमा कृषि तथा पशुपालनमा उत्साहपूर्ण लगानी गरि काम थालेको सकारात्मक समाचार आई रहेका छन् । सरकारले लिएको कृषि क्षेत्रको प्रवद्र्धनात्मक सोचलाई आधार मानि यस क्षेत्रमा उच्च मनोवल सहित युवा वर्ग सहभागी भए पनि ब्यवहारिक रुपमा सरकारी निकायहरुबाट नै यस क्षेत्रको संवेदनशिलतालाई ख्याल गरि सहयोग नहुने गरेको अनुभव रहेको बताउछन पन्त ।
५० रोपनी जग्गा भाडामा लिएर आफैले घाँस उत्पादन गरि गाई फार्मबाट उत्पादिन दुग्ध पदार्थको गुणस्तरीय वितरण गर्नका लागि पनि डेस्टिनेशनले आफूलाई प्रस्तुत गरिरहेको छ । गाई फार्म सञ्चालन गर्ने सिलसिलामा भारतका बिभिन्न सहरमा पुगी ज्यानको जोखिम मोलेर उन्नत नस्लका गाई नेपाल भित्रयाउने प्रयास गर्दा भारतमा सहयोग गरे पनि नेपालका गौर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गरेको ज्यादती र दलालहरुका कारण एक दूई लाख मूल्य बराबरको गाई कब्जा गरेर मारिदिएको र काटेको गाईको फोटो दिएर धम्काउँदाको पीडा पन्तका मानसपटलमा बारम्बार आईरहन्छन् । सुनौली नाकामा ३ रातसम्म ट्रकको हुटमा विताउनु परेको अवस्था होस् वा गौरमा गाई माउ बाछा सुरक्षाकर्मीहरुको झुटा बिबरणका कारण आफना गाईका बाछाबाच्छि आफैले लिलामीमा खरिद गर्दा भन्सारमा कराएका बाछाबाच्छिका आवाजले अझै पनि मन ढक्क फुलेर आउने पन्त बताउँछन् ।
predip raj pantaगाईपालनमा आकर्षण गर्ने नाममा गलत सन्देश प्रवाह गरेका कारण पनि नेपालको गाईपालनले व्यवसायिकता हासिल गर्न सककोे छैन । गाईको अभाव झेल्दा झेल्दै पनि, चर्को मूल्यमा दाना खरिद गर्नुको पीडासँग व्यवसायमा होमिएका वास्तविक किसानहरुलाई राज्यले पूर्ण रुपमा वेवास्ता गरिरहेका पन्तको तर्क छ । सरकारी ओहोदामा बसेर हावादारी गफ चुट्दैमा नेपाली पशुपालन व्यवसाय फस्टाउँछ भन्नु सरासर झुठको खेती गर्नु हो भन्दा फरक नपर्ने पन्तको दावी छ । सरकारले कृषकलाई गाईपालन तर्फ आकर्षित गर्ने हो भने सर्वप्रथम किसानलाई गाई खरिद गर्नको लागी सहज वातावरण निर्माण गरिदिनु पर्दछ । किसानले रुपैयाँ वोकेर गएपछि उन्नत जातको गाई तत्काल गरिद गर्न सक्ने अवस्था श्रृजना गर्नु राज्यको दायित्व हो । अनि सस्तो र सहज रुपमा दानाको उपलब्ध गराईदिन सक्नु पर्दछ नत्र भने व्यवसायिक गाईपालनको कुरा नगर्दा नै बेश भएको उनको तर्क छ । ायचबनभ mष्ककष्यल को नाममा करोडौ रुपैया सरकारको ढुकुटीबाट खर्च भएको छ एकातिर भने अर्कोतिर किसानलाई घासको बिउ समेत पाउन धेरै संघर्ष गर्नु पर्दछ भनी बताउँछन अर्का संचालक यम बहादुर दर्लामी ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ४, २०७१