बिहिबार, बैशाख ६, २०८१

विकासको लागि कृषि नै मुख्य मेरुदण्ड हो

Dipak kumar sharma
दीपककुमार शर्मा

प्रमुख,

जिल्ला कृषि विकास कार्यालय, ललितपुर

० युवाहरु कृषिमा आकर्षण भईरहेका छन् नि किन होला ?
पछिल्लो समयमा विशेष गरी बेरोजागर युवाहरु कृषिमा आकर्षित भईरहका छन् यसको मुख्य कारण भनेको त आर्थिक फाइदा नै हो । सबभन्दा ठूलो यहाँ बजार छ । यहाँबाट बाहिरको बजारलाई पनि पठाउन सक्ने प्रशस्त संभावनाहरु भएको हुनाले व्यवसायिक कृषिमा उहाँहरुको आत्म विश्वास जाग्यो र त्यसमा पनि विदेश गएर कृषि मै काम गरेको हुनाले पनि आत्म विश्वास बढेको हुन सक्छ । त्यही म्भावना देखेर यस पेशा प्रति कृषि विज्ञ र युवाहरु लागेका हुन ।
० दातृ निकायको अनुदान हात पार्नका लागि पनि गुणात्मक भन्दा संख्यात्मक बृद्धि भएको छ भन्छन नी ?
दातृ निकायको अनुदान पाउछु भनेर लाग्नेहरु पनि होलान् तर विदेशी नागरिककै लगानी त छैन होला । तर, नेपालीहरु जो विदेशमा गएर व्यापार व्यवसाय गरी बसेका व्यक्तिहरुको लगानी यसमा बढी रहेको छ भन्ने कुराहरु सुन्न, बुभ्mन र हामीले देखेका पनि छौ । उहाँहरुले पनि देशको लागि केही गरौं भनेर नै होला यो क्षेत्रमा लगानी गर्नु भएको । किनभने नेपालको विकासको लागि कृषि नै मुख्य मेरुदण्ड हो । यो नभइ नहुने भएको हुनाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।
० तरपनि विदेशी दातृ निकायहरु सहयोगमा जिल्ला कृषि निकास कार्यालयसँग कुनै समन्वय नै नगरी सिधै जान्छ रे नि ?
यो राष्ट्रियस्तरमै समस्या छ । जिल्ला कृषि विकास कार्यालयको सट्टा सिधै किसानहरु र गैरसरकारी संस्थाहरुसँग मिलेर कार्य गर्ने गरेका छन् । हुनत त्यो एक प्रकारको नीति नै हो, दाताहरुको शर्त नै त्यस प्रकारको हुन्छ भनिन्छ । समन्वय हुँदा पनि हामीलाई खासै भन्ने हो भने कुनै विशेष जिम्मेवारी दिएको हुदैन । धेरै ठाउँबाट हामीले यस विषयमा गुनासाहरु गरेपछि अलिकति अनुगमनको जिम्मेवारी दिएको छ । त्यो पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन ।
० यसरी सिधैं किसानमा जाँदा सोचे जस्तो उपलब्धिहरु प्राप्त गर्न सकिन्छ ?
दातृ निकायको सहयोगमा भएका लगानीको अनुगमन नहुँदा सोच जस्तो उपलब्धि नहुन सक्छ । तर कृषि विकासकासबै विषयवस्तुहरु जिल्ला कृषि विकास कार्यालय मार्फत नै उपलब्ध हुनुपर्ने हो । तर, वास्तवमा भन्ने हो भने यो विषय नीति निर्माताहरुले सोच्नु पर्ने कुरा अवश्य हो । जिल्ला कृषि विकास कार्यालयमा यति धेरै जनशक्ति छ जसमा राज्यको लगानी पनि त्यति नै रहेको छ । यही भएको संरचना र शक्तिलाई अझ राम्रोसँग परिचालन ग¥यो भने हामीले चाहेको र सोचेको उपलब्धिरु हाँसिल गर्न सक्छौ । यो विषयमा सबैले मिलेर सोच्नु पर्ने कुरा हो ।
० त्यसो भए त जिल्ला कृषि विकास कार्यालयको औचित्य माथि नै प्रश्न चिन्छ खडा भएको छ ?
औचित्यमाथि प्रश्न उठाउने भन्दा पनि सरकारी कार्यालय त्यसमा पनि विषयगत संस्थासँग समन्वय हुनु गलत हो भन्ने सवैले भनिरहेका छन् । हामीले पनि यो विषयमा विभिन्न फोरममा कुराहरु उठाउदै आएका पनि छौ । भविष्यमा यो विषयमा सुधारको अपेक्षा पनि हामीले गरेका छौं ।
० ललितपुर जिल्लामा कृषिमा के कस्ता समस्याहरु रहेका छन् ?
कृषिमा मुख्य रुपमा समस्या भनेको पूर्वाधारनै हो । ललितपुरमा जतिपनि खेतीयोग्य भूमि छ त्यसमा सिँचाईको मुख्यरुपमा ठूलो आवश्यकता रहेको छ । सबै खेतीयोग्य भूमिमा हामीले सिँचाई सुविधा पु¥याउन सकेका छैनौ । अर्कोकुरा पानीको स्रोतको पनि अभाव छ । जुन अहिलेसम्ममा भएका स्रोतहरु छन् त्यसलाई पनि व्यवस्थित रुपमा खेतीमा प¥याउन सकिरहेका छैनौ । यसका लागि पनि आवश्यक लगानीका कुराहरु आउँछ । यता कृषि विज्ञ, युवा र किसानरु व्यवसायिक कृषि पेशा प्रति उन्मूख भएर आईरहेका छन् त्यो वर्ग र समूहलाई गुणस्तरको बीउ उपलब्ध हुन नसकेको अवस्था छ । अहिलेसम्म जुन बीउ उपलब्ध हुने गरेको छ त्यो गुणस्तरीय नै हो भनेर उपलब्ध गराइएको हुन्छ तर, त्यसको नतिजा राम्रो नभएको किसानहरुले गुनासाहरु गर्नुृभएको पाइएको छ । त्यस्तै आवश्यकता अनुसार मल, बीउ पु¥याउन सकिरहेका छैनौ । जुनप्रकारले विभिन्न वर्ग, युवा र किसानहरु कृषिमा व्यवसायिकताका साथ अगाडी आउनुभएको छ त्यहि प्रकारले कृषि प्रविधिमा हामी पछाडि परिरहेका छौ कि भन्ने लाग्छ ।
० राजधानीकै नजिकको जिल्ला भएर पनि उत्पादनको दृष्टिले कम मानिन्छ नी ?
यसमा धेरै कुराको प्रभाव पर्दछ । खेती योग्य भूमि, सिंचाईलाई पनि हेर्नु पर्दछ । यदि उच्च गुणस्तरको बीउ उपलब्ध हुन सक्यो भने हाल भईरहेको उत्पादनमा बीस प्रतिशतको हाराहारीमा उत्पादन बढ्छ यो प्रविधिले भन्छ । तर यहाँ गुणस्तरीय बीउको कमी छ । विदेशबाट आयात भएका हाईब्रिडको मात्रा यहाँ बढि छ । यसले गर्दा परनिर्भता बढेको छ । जस्तै गोलभेंडामा सिर्जना भन्ने जात हाईब्रिडनै हो । यो हाईब्रिड नेपालमै भएको हो र यसको उत्पादन नेपालमा धेरै राम्रो छ । यहाँका किसानहरुले पनि यो सिर्जना जातको गोलभेंडाको खेती गर्न मनपराउनु हुन्छ । तर, यो सिर्जना जातको गोलभेंडाको बीउ पनि किसानहरुले चाहेजति र खोजेको समयमा पाउन नसकेको अवस्था रहेको छ ।
० यसमा समस्या के हो त ?
सवैभन्दा ठूलो समस्या भनेको नै कृषिमा लगानी हो । हामीले लगानी भित्र्याउन सकिरहेका छैनौं । यसका लागि बीउ उत्पादनमा लगानी ठूलो मात्रामा लगाउनु पर्ने आवश्यकता हुनसक्छ । हाईब्रिड भनेको सबै प्रविधिको कुरा हो र यो भनेको व्यक्तिको नीजि सम्पति जस्तै हो । त्यसैले यो हाईब्रिड नीजि रुपमा भएको हुनाले यस विषयमा सबैकुरा सार्वजनिक नगरिएको पनि हुनसक्छ । यदि कसैले यो नीजि क्षेत्रमा लगानी गर्छु भनेर अगाडि आएमा यो क्षेत्रले लगानी बढाउन पनि सक्छन् होला । जुन इमानदारीता र नैतिकता देखाएर जिम्मेवारी लिनुपर्ने हो त्यो हामी कहाँ हुन सकेको छैन ।
० ललितपुर जिल्लामा कतिपय खेतीयोग्य भूमिहरु बाँझै र त्यसमा पनि ठूलो क्षेत्रको भूमि अन्य प्रयोजनका लागि प्रयोग हुने क्रम बढिरहेको छ नि ?
विगत केही बर्षदेखिको तथ्याङ्क हेर्ने हो भने सवै क्षेत्रको लगानी घरजग्गामा नै भईरहेको पाउँछौं । हामी जिल्लामा आउँदा जादा वरपर हेर्न सक्छौं कतिपय खेतीयोग्य भूमिमा प्लटिङ्ग गरेर घडेरीका रुपमा छुट्याईएका छन् । बाटोहरु बनाएको र ठाउँ—ठाउँमा बिजुलीका पोलहरु गाडिएका छन् । कतै निर्माण हुँदै छन् । यस्ता कार्यहरु हाम्रा खेतीयोग्य भूमिमा दिन प्रतिदिन बढि रहेको अवस्था छ । तर कति भाग वा प्रतिशतमा भन्ने यकिन तथ्याङ्क चाहि छैन र तथ्याङ्क लिन गाह्रो पनि छ । र अर्को जुन प्रकारले खेतीयोग्य भूमिमा खाद्यबालीको सट्टा अन्य प्रयोजनमा भूमि प्रयोग भईरहेको त त्यसलाई राज्यले रोक्नु सक्नु पर्दछ ।
० ललितपुरका किसानरु कुन बाली वा खेतीतिर अधिक आकर्षित भएको देख्नुहुन्छ ?
ललितपुर जिल्लामा कृषि क्षेत्रको कुरा गर्दाखेरी खास गरेर किसानरु तरकारी खेतीमा अगाडि आईरहेको अवस्था छ । मौसमी, बेमौसमी र टनेल प्रविधि गरेर प्रशस्त रुपमा तरकारी खेतीमा ललितपुरका किसानरु खेती गरिरहेका छन् । किसानहरु परम्परागत खेतीलाई विस्तार परित्याग गर्दै व्यवसायिक रुपमा खेती गर्न उत्साहित भएको पाएको छु ।
० ललितपुर जिल्लामा कृषि विकास कार्यालयले कृषिमा देखेका चुनौतिहरु के छन् ?
जिल्ला कृषि विकास कार्यालयका चुनौतिहरु भनेको व्यवसायिक कृषि पेशा गर्ने किसानरुको चाहना र आवश्यकता अनुसार कृषि प्रविधिलाई किसानसम्म पु¥याउनु नसक्नु नै हो र यसमा केही कमी कमजोरीहरु पनि छन् ।
० कृषक र कार्यालयवीचको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
पहिला जे जसो भए पनि अहिले यहाँ किसानहरुका समस्याहरु या गुनासाहरु आएभने ती समस्याको तुरुन्तै समाधान गर्ने प्रयासमा म लागिरहेको हुन्छु । म आएपछि पनि यहाँका किसानहरुबाट केही गुनासारु आए मैले तुरुन्तै आपूm अथवा कुनै साथीहरुलाई पठाएर किसानमाझ गएर उनीहरुका समस्याहरु हेर्ने र सकेसम्म चाँडै त्यसको समाधान निकाल्ने प्रयास गरेको छु । यहाँका किसान र जिल्ला कृषि विकास कार्यालयबीचको दोहोरो सम्बन्धलाई झन नजिक बनाईराखेको छु । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, जेष्ठ ४, २०७१