शुक्रबार, चैत्र १६, २०८०

बागलुङ बजारमा मासु पसल अनुगमन

बागलुङ, ४ जेठ । बागलुङ बजारमा मापदण्ड विपरीत सञ्चालनमा रहेका मासु पसललाई कारबाही गर्न सुरु गरिएको छ । बजार अनुगमनका क्रममा तीन वटा पसललाई सिल र १२ वटा पसललाई मासु बिक्री वितरणमा रोक लगाइएको छ । अधिकांस मासु पसलहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि मासु बिक्रीमा रोक लगाउने देखि पसल सिल गर्नेसम्मको कारबाही थालिएको हो ।

बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, जिल्ला पशुसेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको थियो ।
तीन वटा मासु पसललाई सिल गरेर बन्द गरिएको र १२ वटाको बिक्री वितरण रोकिएको बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत हरिदत्त कँडेलले बताउनुभयो ।
अनुगमन टोलीले २५ वटा मासु पसलमा एकसाथ अनुगमन गरेको थियो । पसल दर्ता नगरेको, अन्य व्यवसाय सञ्चालनका लागि अनुमति लिई मासु पसल सञ्चालन गरेको र मासु बिक्रीका लागि चाहिने न्यूनतम आवश्यकतासमेत पूरा नभएका मासु पसललाई सिल गरिएको अधिकृत कँडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ४, २०७१