काठमाडाँै, २ जेठ । राष्ट्रिय योजना आयोग र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा संयुक्तरुपमा तयार पारिएको सन् २०१४ को नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक हाओलियाङ झु र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सार्वजनिक गर्नुभयो ।
‘भूगोल भन्दा पर मानव संभावना खोज्दै’ शीर्षकको उक्त प्रतिवेदनले सर्वसाधारणको सीप विकास, क्षेत्रीय एवम् समूहगत विभाजन घटाउँदै कृषि र युवामा भारी लगानी गर्नुपर्नेमा जोड दिएको छ । सुदूर र मध्य पश्चिमका पहाडी भेग र पूर्वाञ्चलका पहाडी इलाकामा बसोबास गर्ने नेपालीमा प्रशस्त संभावना भएपनि आधारभूत आवश्यकतामा समान पहुँच नहुँदा सन्तुलित विकास हुन नसकेको प्रतिवेदनले जनाएको छ ।
युवा शक्तिले नेपालको आर्थिक विकासमा योगदान गर्न सक्ने प्रशस्त संभावना रहेकाले कृषि क्षेत्रको व्यावसायिकीकरण अपरिहार्य भएको प्रतिवेदनले औंल्याएको छ । सहायक महासचिव हाओलियाङले ‘रोजगारी तथा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको प्रभावशाली योगदान छ, यसैमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । कृषिलाई थप उत्पादनमूलक, आधुनिक र रोजगारी दिने क्षेत्रका रुपमा विकसित गर्न धेरैभन्दा धेरै लगानी गर्नैपर्छ । उहाँको भनाई थियो
Add Comment