शनिबार, जेष्ठ २७, २०८०

बीमा समिति ४५ औं बर्षमा कृषि बीमा कार्यान्वयन भएन

fist page news

काठमाडौं, १ जेठ । बीमा समितिले आफू ४४ बर्ष पूरा गरी ४५ औं बर्षमा प्रवेश गरेको अवसरमा आज भव्य कार्यक्रम गर्ने तयारी गरिरहेको छ । लाखौं रुपैयाँ खर्च गरेर बार्षिकोत्सव बनाउन लागेको बीमा समितिले विगत १५ महिनादेखि लागू भएको कृषि बीमालाई कार्यान्वय गर्न कडाई गर्न नसक्दा किसानहरु भने मारमा परेका मात्र होइन कृषि बीमा कार्यान्यन समेत हुन सकेको छैन ।
सवारी साधन लगायत अन्य क्षेत्रमा बीमा गर्न उत्साहित हुने बीमा कम्पनीहरुलाई बीमा समितिले कृषि बीमाका लागि कडाई गर्न नसक्दा किसानहरुले राहत पाउन सकेका छैनन् । कृषि सचिव जयमुकुन्द खनालको विशेष पहलमा शुरु भएको कृषि बीमालाई असफल बनाउनका लागि कृषि विकास मन्त्रालय र बीमा समितिका केही उच्च पदाधिकारीहरु नै लागिरहेको कृषि अनलाईनलाई प्राप्त भएको छ ।
केही समय अगाडि नवलपरासीका किसानहरुले केराखेतीको बीमा गराउनका लागि बीमा कम्पनीमा पुग्दा बीमा कम्पनीले आलटाल गरेपछि कृषि सचिवको कार्यकक्षमा किसानहरु धर्ना नै दिन आएको स्रोतले बताएको छ । किसानहरुलाई मर्का परिरहेको कारण तत्काल बीमा गरिदिन बीमा समितिका अध्यक्ष, निर्देशक तथा विभिन्न बीमा कम्पनीका प्रमुखहरुलाई सचिव स्वयंले आग्रह गर्दा पनि बीमा नगरिदिनुले कृषि बीमालाई बीमा समितिले सकारात्मक रुपमा हेरेका छैन भन्ने कुरा पुष्टि भएको छ ।
प्रशासन क्षेत्रमा राम्रो नाम कमाएका सचिव जयमुकुन्द खनाल कृषि विकास मन्त्रालयमा आएदेखि नै कृषि विकासका लागि मरिहत्ते गरि लागेका कारण कृषि क्षेत्रमा चर्चा कमाएका खनाललाई कृषि विकास मन्त्रालयभित्रै बाट असहयोग भएका कारण कृषि बीमा कार्यान्वयन हुन नसकेको मात्र होइन कृषिको विकासमा समेत धक्का पुगेको कृषि विज्ञहरुको बनाई रहेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १, २०७१