आइतवार, मंसिर २४, २०८०

झापामा सुपारी बरामद

झापा, ३१ वैशाख । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको गस्ती टोलीले आज ठूलो परिमाणमा लाखौँ मूल्य बराबरका सुपारीका साथै रासायनिक मल बरामद गरेको छ ।

मेचीनगरपालिका–१० भएर १९ वटा रिक्सामा लोड गरी भारततर्फ लाँदै गरेको अवस्थामा सात हजार १७८ किलो सुख्खा सुपारी र भारतबाट नेपालतर्फ ल्याइरहेको ३०० किलो युरिया र १०० किलो पोटास मल बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
बरामद गरिएका तीनवटै सामानको मूल्य रु आठ लाख ६८ हजार ६८० रहेको र ती सामान आवश्यक कारबाहीका लागि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा दाखिला गरिएको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७१