आइतवार, बैशाख ९, २०८१

कृषिलाई व्यवसायिकरण गर्न सके मुलुकको विकास हुन्छ

Ganesh  KC
गणेशकुमार केसी

कृषि विज्ञ एवं पूर्व कृषि सचिव

 

० कृषि विकासका लागि आर्थिक सहयोग गर्ने प्रशस्त छन् नि ?
कृषि विकासका लागि पछिल्लो समयमा दातृ निकायहरुले आर्थिक सहयोग गर्दै आईरहेका छन् । यो मुलुकका लागि राम्रो कुरा हो तर, आज म दश करोड दिन्छु भोलि मलाई दश टन सुन्तला दे भन्यो भने कृषि विकास हँुदैन । आज रोपेको बीउले वर्षदिन पछि उत्पादन दिनसक्छ । त्यसबेलासम्म त्यसका लागि आवश्यक बजारको सेवा, प्रविधि सेवाहरु लगायत सेवा लिएर अगाडि बढ्नु जरुरी हुन्छ । अर्को कुरा कृषि प्रविधिमा जति लगानी हुनुपर्ने थियो त्यो लगानीको कमी नै छ । आजको आजै यदि तपाइलाई सय टन गहुँको बीऊ चाहियो भने त्यसको लागि पहिले नै तयारी गर्नु पर्छ र मात्र सम्भव हुन्छ । हरेक वर्ष त्यो आवश्यकता बढ्दै जान्छ यो विषयमा हाम्रो कुनै तयारी छैन् । अर्को प्राविधिक सेवा दिन सकिरहेको छैन । साथै कृषिमा काम गर्नेको सुरक्षा पनि छैन । कृषि क्षेत्रमा काम गर्नेहरुले आपूmलाई सुरक्षित ठान्दैनन् । त्यतातिर पनि हामीले ध्यान दिन सकिरहेको छैन । आर्थिक सहयोगले मात्र कृषि विकास हुन्छ भन्नु वेकार हुन्छ ।
० पछिल्लो समयमा व्यवसायिक कृषिको कुरा गरिरहदा अधिकांश खेती योग्य भूमि बाँझै रहेको अवस्था छ नि ?
हो हाम्रो नयाँ पुस्ता जो कृषिमा लाग्नु पर्ने हो ती नयाँ पुस्तालाई रोजगारी दिएर लोभ्याउन नसक्नु नै उर्वरभूमि बाँझो रहनुको कारण हो । हामीले सुनेकै कुरा हुन् हाम्रा युवाहरु साउदी र इजरायल गएर आखिर कृषिकै काम गरिरहेकाछन् । हामीले उनीहरुलाई नेपालमै कृषि गर्ने वातावरण दिन नसकेकै कारण विदेश पलायन भइरहेका छन् । यो समस्या अहिले आएको समस्या भने होइन यो समस्या भनेको विगतदेखि आइरहेको समस्या हो । आज गरेको लगानी दश वर्षपछि फिर्ता आउँछ भनेर कृषिमा लगानी गर्न सकेनौ । हामीले आजगरेको लगानी दश वर्षपछि त्यसबाट आम्दानी आउँछ भनेर सोच राख्नसक्नु प¥यो तब मात्र हामीले हाम्रो कृषि क्षेत्रलाई व्यवसायिकरण गर्न सक्छौं र नेपालमा कृषिक्षेत्रको विकास हुनसक्छ ।
० यस्ता दीर्घकालिन सोच सरकारबाट नबनेकै हो कि दीर्घकालीन सोच बनाउँदा सरकार चुकेको हो ?
सन् १९९७ मा हामीले कृषि विकासका लागि दीर्घकालिन सोच ग¥यौं त्यो दीर्घकालिन सोचलाई हामीले दृढ भएर राष्ट्रियस्तरदेखि कृषक समुहसम्ममा त्यसको मर्म अनुसार हामी जान सकेनौ । त्यो बेला पनि धेरै कोशिस गरियो । त्यतिबेला प्रविधि दिन सकेको भए आज सायद साउदीको मरुभूमिमा गएर गोठाले बनेर बस्नु पर्ने पीडा भोग्नु पर्ने थिएन । तर, अहिले आएर हामीले कृषिमा केही गरेनौ, कृषिलाई महत्व दिएनछौ, कृषिलाई कागजमा मात्र सिमित गरेका रहेछौ भनेर आत्मसात गरेर केही गर्ने जमर्कोतिर लागेका छौ ।
० कृषि क्षेत्रमा आएको रकम पारदर्शि छैन भन्छन् नि ?
नेपाल सरकारको बजेट पूर्ण रुपमा पारदर्शिता छ । दातृ निकायहरुबाट आएको रकम पनि पारदर्शि ढंगबाट नै खर्च भईरहेका छन् तर त्यो के के मा लगानी गर्ने भन्ने कुरा पहिले नै तय भएका कारण त्यस्तो लागेको हुन सक्छ । सवैभन्दा पहिलो कुरा किसानलाई प्राविधिक बनाउनुु प¥यो । किसानले भन्न सक्नु प¥यो यो ठाउँमा अथवा मेरो ठाउँमा यो खेती लगाउँदा उत्तम हुन्छ । किसानले कृषि व्यवसायीकरण गर्दा यो सुविधा पाइन्छ र यसका लागि लागत यति हुन सक्छ भन्ने कुरा पनि बुझ्नु आवश्यक छ ।
० कृषिको विकास गर्ने हो भने के गर्दा हुन्छ जस्तो लाग्छ ?
किसानको समूहलाई उत्प्रेरित गर्ने कार्यक्रमहरु लिएर जानु प¥यो, किसानहरुलाइ बीऊ विजन, मलखादका सुविधाहरु भए त्यसपछि बजार र उचित सूचनाको व्यवस्था गरे कृषिको विकास गर्न सकिन्छ भन्ने लाग्छ सँगसँगै बदलिदो वातावरणका कारण त्यसै अनुसार सिंचाइको व्यवस्था हुनु प¥यो । त्यपछि कृषि प्राविधिकको व्यवस्था सँगै अनुसन्धानमा पनि जान सक्यो भने पक्कै पनि कृषिको विकास सम्भव छ । प्रस्तुति : वैकुण्ठ भण्डारी

प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७१