बुधबार, बैशाख १२, २०८१

२३ वर्षपछि गहँु खरिद

धनगढी, ३० वैशाख । नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले गहँुंको खरिद मूल्य संशोधन गरी प्रतिक्विन्टल रु दुई हजार ६०० सम्म पु¥याएर खरिद कार्य सुरु गरेको छ ।
एक हप्ताअघि बसेको जिल्ला प्राथमिक खरिद समितिको बैठकले गहुँको खरिद मूल्य संशोधन गरी टीकापुर क्षेत्रका लागि प्रतिक्विन्टल रु दुई हजार ५५० र धनगढीको मोहनपुर क्षेत्रका लागि रु दुई हजार ६०० पु¥याएको संस्थानले जनाएको छ । wheat
गहुँको खरिद मूल्य वृद्धि गरिएपछि कैलालीको मोहनपुर र टीकापुरमा सञ्चालनमा रहेको संस्थानको डिपोमा कृषकले गहँुं बिक्री गर्न थालेका छन् ।
यसअघि संस्थानद्वारा बजारको मूल्यभन्दा केही कम मूल्य निर्धारण गरिएपछि संस्थानका डिपोमा यही वैशाख तेस्रो हप्तासम्म गहुँको खरिद बिक्री हुन सकेको थिएन ।
पहिले गहुँको खरिद मूल्य प्रतिक्विन्टल रु दुई हजार ५०० निर्धारण गरेकामा यो मूल्यमा संस्थानका काँटामा गहुँको खरिद बिक्री हुन नसकेपछि वैशाख २३ गते बसेको अर्को बैठकले मूल्य संशोधन गरेको अञ्चल कार्यालयका प्रमुख सुरेन्द्रराज विष्टले बताउनुभयो ।
नयाँ मूल्य निर्धारण भएको चार पाँच दिनभित्रै संस्थानले टीकापुरमा एक हजार ३५ क्विन्टल र मोहनपुरमा ५०० क्विन्टल गहँुं खरिद भइसकेको बताइएको छ ।
प्राथमिक खरिद समितिले खेती गर्दा लाग्ने लागत खर्च, उत्पादन परिमाण, र स्थानीय बजार मूल्यलाईसमेत आधार बनाइ धान र गहँुंको खरिद मूल्य निर्धारण गर्ने गरेको छ ।
मूल्य संशोधन भई गहुँंको खरिद मूल्य वृद्धि भए पनि संस्थानका डिपोसम्म पहुँचमा पुग्न नसक्ने ग्रामीण क्षेत्रका अधिकांश कृषकले संस्थानले तोकेको गहुँको मूल्य भने पाउन नसकेको अवस्था छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ३०, २०७१