बिहिबार, बैशाख ६, २०८१

युवालाई व्यवसायिक कृषिमा आकर्षित गरिरहेका छौं

Yogendra karki

योगेन्द्र कार्की,

आयोजना प्रमुख

व्यवसायिक कृषि तथा व्यापार आयोजना

व्यवसायिक कृषि आयोजना ७५ जिल्लामा पुगेको छ । २५ वटा जिल्लामा आयोजनाहरु सञ्चालन हुँदा व्यवसायिक रुपमा किसानमा कस्तो परिवर्तन पाउनु भयो ?
व्यवसायिक कृषि तथा व्यापार आयोजनाले सञ्चालनमा ल्याएका उपआयोजनाहरुको प्रतिफल एकदम सकारात्मक छ । उपआयोजनाबाट अर्ध व्यवसायिकलाई व्यवसायिक र पूर्ण व्यवसायिक बनाउनमा यसले मद्दत पु¥याएको पाएका छौं । १०–१५ वटा तरकारीको क्षेत्रमा गरेको सहयोगको प्रतिफल पनि एकदमै राम्रो देखिएको छ । अहिले चक्रपथ भन्दा बाहिर तपाई खाली जग्गा देख्न पाउनु हुन्न, सबैले केही न केही व्यवसायिक रुपमै तरकारी खेती गरिरहेका छन् । यो पनि राम्रो परिवर्तन हो । त्यसैगरी हामीले बीउको क्षेत्रमा विभिन्न आयोजनाहरुबाट एकदम राम्रो प्रतिक्रिया पाइरेका छौ । चितवनको श्रीराम सहकारी संस्थाले १२ वटा जिल्लामा धान, गहुँको बीउको व्यापार गरिरहेको थियो आयोजनाको सहयाग पछि ४५ वटा जिल्लाहरुमा उसले बीउ वितरण गरिरहेको छ । अहिले आधुनिक उपकरण सहितको प्रोसेसिङ्ग प्लान्टबाट काम गरिरहेको छ । यो नै हामीले गर्न चाहेका हौं जुन विस्तारै भइरहेको छ र यसको प्रत्यक्ष फाइदा किसानले लिइरहेका छन् ।
० आयोजनाले कुन क्षेत्रलाई विशेष गरेर अनुदान दिइरहेको छ ?
हामीले के चाहन्छौ भने खास–खास बाली र वस्तुहरु जुन बाली र वस्तुहरुको निर्यात विदेशमा समेत गर्न सकियोस । जस्तै अलैचीमा हामीले विशेष सहयोग गरिरहेका छौ, कफीमा सहयोग गरिरहेका छौ, वीउविजनकमा सहयोग गरिरहेका छौ, तरकारी खेतीमा सहयोग गरिरहेका छौ । त्यस्तै डेरी, पोल्ट्री, आलु आदिमा हामीले विशेष सहयोग गरिरहेका छौ । किनभने त्यस्ता बाली र वस्तुको अत्याधिक संभावना छ जुन नेपालकै बजारभित्र पनि राम्रो बजारीकरण गर्न सकिन्छ र अन्तर्राष्ट्रिय स्तरमा पनि त्यस्ता बाली र वस्तुहरु गुणस्तरीय रुपमा निर्यात गर्न सक्छौ त्यस्ता बाली र वस्तुहरुलाई हामीले सहयोग र अनुदान गरिरहेका छौ । हाम्रो मुख्य उद्देश्य भनेकै व्यवसायिक रुपमा उत्पादन गर्ने र विश्व बजार सम्म यसको पहँुच पु¥याउने अनि वैदेशिक मुद्रा नेपाल भित्र्याउनु पनि रहेकोले हामीले खास–खास बाली र वस्तुमा अनुदान गरिरहेका छौ ।
० राज्यले कृषि क्षेत्रलाई महत्व दिएको छैन भनिरहेको अवस्थामा आयोजना ?
पछिल्लो समयमा राज्यका तर्फबाट पनि कृषि क्षेत्रलाई महत्व दिन थालेको हामीले पाएका छौं । बजेटका आधार मानेर कुरा गरेर हुँदैन काम कसरी र कति भईरहेको छ भन्ने कुरा पनि हेर्नु पर्दछ । सरकारले कृषिमा कति बजेट छुट्यायो भन्दा पनि सरकारमा रहेका सबै निकायहरु र सबै दलका नेताहरुमा कृषि क्षेत्रमा लगानी गर्नु पर्छ र यो क्षेत्रको विकास नगरेसम्म देशको विकास संभव छैन, नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो भन्ने भावना आएको छ । यसको अर्थ सबैमा आमूल परिवर्तन भएको पाउँछौ यो सकारात्मक सोच हो । सकारात्मक सोचले नै परिवर्तन ल्याउने हो र यो मानसिक परिवर्तन सँगसँगै हामीले लगानीलाई पनि बढाउनु पर्ने हुन्छ । मैले यो दुई तीन वर्षको अवधिमा के महसुस गरे भने हाम्रो मानसिकतामा ठूलो परिवर्तन आएको छ ,अब हामी वैदेशिक रेमिट्यान्सबाट मात्रै धान्दैनौ, देश भित्रै कृषि उत्पादन गरेर विश्व बजारसम्म पु¥याएर हाम्रो किसानको जीवनस्तर सुधार्नु पर्छ भन्ने छ । अब यो परिवर्तन, सोचलाई मूर्त रुप दिनलाई लगानी बढाउनु पर्छ । अनि हामीले खोजेको उपलब्धिहरु प्राप्त गर्छौ ।
० नेपालमा वेरोजगरीलाई न्यूनिकरण गर्न आयोजना कसरी अगाडि बढिरहेको छ त ?
हामीले वेरोजगार युवाहरुलाई स्वरोजगारका लागि आयोजनाहरु मार्फत धेरै सहयोग गरिरहेका छौ । विशेषगरी विदेशबाट फर्केका युवाहरु जो निपूर्ण भएर फर्केका छन्, इजरायल, जापान, कोरिया आदि देशबाट आएका त्यस्ता युवाहरुलाई व्यवसायिक खेतीमा संलग्न गराएर उत्पादन बढाइरहेका छौ । हाम्रो उद्देश्य भनेको उहाँहरुलाई व्यवसायी किसान बनाउन सहयोग गर्नु हो । त्यसैले हामीले त्यस्ता युवा जमातलाई व्यवसायिक खेतीतर्फ उत्साहित गर्दै सहयोग गरेका छौ । त्यस्तै विदेश जान खोज्ने युवाहरुलाई पनि स्वदेशमै त्यो पनि आप्mनै बारीमा कृषिकर्म गरेर विदेश भन्दा बढी आम्दानी गर्न सकिन्छ त्यसका लागि हामी सहयोग गर्न तयार छौ भनिरहेका छौ ।
० आयोजनाले अहिलेसम्म गरेको उपलब्धिलाई बुँदागत रुपमा भन्नु प¥यो भने कसरी भन्नु हुन्छ ?
समग्रमा कृषि क्षेत्र खास बाली र वस्तुहरुमा व्यवसायीकरणमा जानको लागि युवा पुस्ता र कृषकमा आएको सोचको परिवर्तनलाई लिन सकिन्छ, यो सकारात्मक सोच हो र यसमा हाम्रो संलग्नता छ । अर्को कुरा हामीले सहयोग गरेको क्षेत्र मध्ये पुष्प व्यवसाय पहिलाको भन्दा धेरै फराकिला भएर आएको छ । यसले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय बजारमा समेत स्थान पाएको छ । त्यस्तै माछा पालनमा हामीले ट्राउट माछाको नमूना शुरु गरेपछि चाहे त्यो पोखराको सार्दि खोला रेन्बो ट्राउट होस वा काठमाडौमा गरिएको माछापालन, परिवर्तन पक्कै भएको छ । त्यस्तै वीविजनकोे क्षेत्रमा, पोल्ट्र्री फर्मको क्षेत्रमा भर्खरै मात्र हामीले ५१ वटा आयोजनाहरुमा लगानी शुरु गरेका छौ र ती कार्यान्वयनमा आइरहेको छ । यो क्षेत्रमा धेरै फाइदा छ भनेर कृषक पनि लागिरहेको अवस्था छ । अहिले उनीहरु नै उत्पादक, उनीहरु नै मालिक र उनीहरुनै निर्णय गर्ने भएका छन् । यो हाम्रो लागि सफल पक्ष हो ।
० आयोजनाका चुनौतीहरु पनि होलान नी, के–कस्ता चुनौतिहरु छन् ?
चुनौती कहाँनिर छ भने अब हाम्रो लक्ष्य धेरै माथि पुगिसकेको छ । कृषकहरु पनि आशावादी भइसकेका छन् । अब प्याक्टले व्यवसायीकरणमा लगानी गर्छ भनेर चाहने मान्छे धेरै भइसकेका छन् । अहिले हामीसँग ६५६ उपआयोजनाहरु सञ्चालनमा आईसकेका छन् भे चौथोपटक आव्हान गरेको सूचनाबाट ७७९ वटा मुल्य श्रृखलामा आधारित उपआयोजनाका प्रस्तावहरु मूल्यांकन भई स्थलगत प्रमाणिकरणको लागि तयारी भएका छन् । उपआयोजना सञ्चालन गर्नेहरुको माग दिन प्रतिदिन बढ्दै गईरहेको छ । यो हाम्रो लागि ठूलो चुनौती हो । हाम्रो आयोजना २५ जिल्लाबाट ७५ जिल्लामा विस्तार हुनु पनि कृषककै माग अत्याधिक भएर नै हो । यो सकारात्मक पक्ष हो र यसको सफल कार्यान्वयनमा नै हाम्रो चुनौती रहने छ । – प्रस्तुति: वैकुण्ठ भण्ण्डारी

प्रकाशित मिति: मङ्लबार, बैशाख ३०, २०७१