बिहिबार, बैशाख १३, २०८१

बैशाख ३० गतेदेखि उद्योगीको घर घेराउ

काठमाडौं, २९ बैशाख । नेपाली चियाले विश्वबजारमा व्यवसया फस्टाउँदै गरिरहेको अवस्थामा नेपाली चिया उद्योग ठप्प हुने गरी एक महिनादेखि शुरु भएको आन्दोलनका कारण चिया उत्पादन ठप्प मात्र भएको छैन निर्यात समेत बन्द भएको छ । चिया उद्योगमा काम गर्ने मजदुरहरुको बढाएको ज्याला लागू नभएपछि आन्दोलनमा उत्रिएका मजदुरहरुका कारण चिया उद्योगीहरु नै विस्थापित हुने अवस्था आएको छ ।
सरकारले बढाएको ज्याला लागू गर्न कांग्रेस, एमाले र एमाओवादी निकट चिया श्रमिक संगठनहरुले आइतबार चिया उद्योगीहरुको घर घेरेपछि उद्योगीहरु विस्थापित हुने सम्भावना बढ्दै गएको हो ।
विगत २० दिनदेखि जारी आन्दोलन तेस्रो चरणमा पुगेपछि उद्योगीहरुले केही दिन अगाडि भएको सम्झौता भएको दिनदेखि नै ज्याला बढाउने सहमत गरेपनि आन्दोलन पक्षले भने सरकारले घोषणा गरेकै दिनबाट ज्याला बढाउने माग गरेपछि आन्दोलनले रुप परिवर्तन गर्ने संकेत देखिएको छ । आन्दोलनमा उत्रिएकाहरुलृे बैशाख ३० गतेदेखि उद्याृृेगीहरुको घर घेर्ने र उद्याृेगीका परिवारका सदस्यहरुलाई समेत दवाव दिने घोषणा गरेपछि आन्दोलन हिंसक बन्न सक्ने देखिएको छ । सो आन्दोलन हिंसक बन्ने सम्भावना बढ्दै जाँदा पनि आन्दोलनलाई समाधान गर्नका लागि सरकारी निकायबाट पहल नहुनुले चिया उद्याृेग ठप्प हुनुका साथै उद्योग धरासायी हुने देखिएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २९, २०७१