शुक्रबार, बैशाख ७, २०८१

सात हजार किलो अवैध स्याउ नियन्त्रणमा

सप्तरी, २४ वैशाख । सशस्त्र प्रहरीको गस्ती टोलीले आज भारतीय सीमावर्ती क्षेत्रमा पर्ने रामनगर कोदरकट्टी गाविसबाट दुई वटा मिनी ट्रकमा भारततर्फ लैजाँदै गरिएको सात हजार एक सय किलो अवैध स्याउ नियन्त्रण लिएको छ । सशस्त्र प्रहरी बेस क्याम्प रामनगर कोदरकट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा भारततर्फ स्याउ लैजाँदै गरेको सूचनाको आधारमा करिब रु २८ लाख ५२ हजार मूल्य बराबरको ३५५ बाकस स्याउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक अभिकुमार खत्रीले जानकारी दिए ।

नेपालबाट अवैध रुपमा को१ख ३४४२ तथा को१ख ३३८० नंको मिनी ट्रकमा लैजाँदै गरेको अवस्थामा मिनी ट्रकसहित स्याउ नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक खत्रीले बताए । नियन्त्रणमा लिइएका मिनी ट्रक र दुवै ट्रकका चालक मोरङ इन्द्रपुर गाविस–३ निवासी धनबहादुर तामाङ र विराटनगर उपमहानगरपालिका–७ निवासी निश्चल पौडेल तथा स्याउ आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बेल्ही पठाइएको खत्रीले बताए । रासस

प्रकाशित मिति: बिहिबार, बैशाख २५, २०७१