बुधबार, बैशाख १२, २०८१

कृषि क्षेत्र देश विकासको मेरुदण्ड : मन्त्री पराजुली

parajuliस्याङ्जा, २४ वैशाख । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकास नै देश विकासको मुख्य आधार भएको बताएका छन् । पुतलीबजार नगरपालिका–१३ स्थित जैसीडाँडामा निर्माण हुन लागेको शीतभण्डारको शिलान्यास गर्दै मन्त्री पराजुलीले भने, “कृषि क्षेत्रको विकासका लागि आधार निर्माण गर्न सरकार लागिपरेको छ ।”

        मुलुकका झण्डै ७० प्रतिशत जनता कृषि पेसामा रहेको बताउँदै मन्त्री पराजुलीले कृषि क्षेत्रको विकासका लागि किसानलाई व्यावसायिक तालिम र आधुनिक प्रविधि दिन सरकार प्रतिवद्ध छ भने । करिब १० रोपनी क्षेत्रफलमा रू १८ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त शीतभण्डारको क्षमता दुई हजार ५०० मेट्रिक टन हुने शीतभण्डार सहकारी संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१